कौरव खत्री, गुल्मी २०७४ असोज २६ । गुल्मीको ग्रामिण क्षेत्रमा कृषि क्षेत्रको सम्भाव्यता अध्ययन लागि चीनको राज्यसभा मातहत रहेको अनुसन्धान विकास केन्द्रको उच्चस्तरीय टोली मुसिकोट आउने भएको छ ।
साथै नेपालको ग्रामिण भेगका कृषि क्षेत्रलाई आधुनिकीकरण र विकासको लागि यहि असोज २७ गते चीनीयाँ टोली मुसिकोट नगरपालिका नं.१ को पौदी क्षेत्रको सम्भाव्यता अध्ययनको लागी आउने भर्माचौर नमूना एकिकृत कृषि फर्म मुसिकोट नगरपालिका १ का सचिव दिनानाथ पौड्यालले जानकारी दिए ।
सचिव पौड्यालले उक्त दिन कृषि उत्पादनहरुको संकलन तथा प्रर्दशन कार्यक्रम भएको हुदा आ–आफ्ना गाँउघर तथा छरछिमेकमा कृषकहरुले उत्पादन गरेका कृषि उपज तथा उत्पादित बस्तुहरुलाई कृषि प्रर्दशनी मार्फत उत्कृष्ट कृषकलाई पुरस्कृत समेत जानकारी दिए ।
यता नेपाली काँग्रेसका युवा नेता दामोदर भूषालले जैविक कृषि प्रणालीको सम्भाव्यता र कृषि क्षेत्रमा नेपाल र चीनको सहकार्यका लागि सम्भाव्यता अध्ययन गर्नका चीनका ८ जना विशेषज्ञ सहितको टोली आउने बताए ।
कृषिको अध्ययन अनुसन्धानको लागि चीन सरकारले उपलब्ध गराएको छात्रवृत्तिमा विद्यावारिधि गर्दै गरेका भूषालको विशेष पहल तथा त्रिभुवन विश्व विद्यालय बनस्पति विभागको आयोजना र स्थानीय भर्माचौर नमूना एकिकृत कृषि फर्म मुसिकोट नगरपालिका १ गुल्मीको समन्वयमा चीनको केन्द्रिय सरकारको मातहतमा रहेको विकास अनुसन्धान केन्द्रको उच्चस्तरीय टोली गुल्मी तथा बागलुङको पौदी क्षेत्रमा कृषि अनुसन्धान परिक्षण सम्भाव्यता अध्ययनका लागि आउन लागेको नेता भूषालले जानकारी दिए ।
तस्वीर- कौरव खत्री