Sorry, that menu does not exist.
 

बागलुङ ढोरपाटन समाज हङ्कङव्दारा बाढी पहिरो पीडितलाई राहत वितरण !

झरना कँडेल, बुर्तिवाङ २०७४ असोज २६ । बागलुङ ढोरपाटन समाज हङ्कङले गत साउन महिनामा परेको अविरल बर्षाका कारण आएको बाढी पहीरोमा परि ज्यान गुमाएकाहरुका पीडित परिवारलाई राहत रकम बितरण गरेको छ ।

हङ्कङबासी नेपालीहरुबाट संकलित ९० हजार रुपैया ढोरपाटन नगरपालिका तथा निसीखोला गाउँपालिकाका बाढी पहिरोमा ज्यान गुमाएकाका आफन्तलाई नगद रु १५ हजारका दरले छुट्टा छुट्टै कार्यक्रम गरी राहत रकम बितरण गरेको हो ।

आज बुर्तिबाङमा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं ५ पाखापानिका मृतक ओम प्रसाद बिकको श्रीमती दिलमायाँ बिकलाई राहत स्वरुप रु १५ हजार प्रदान गरिएको छ ।

त्यस्तै यहि असोज २४ गते मंगलबार निसीखोला गाउँपालिकाका एकै परिवारका ४ जना मृतकको परिवारलाई ६० हजार तथा तथा अर्का एक जना मृतकको परिवारलाई १५ हजार नगद हस्तान्तरण गरिएको छ ।

राहत रकम हस्तान्तरण गर्दै समाजका अध्यक्ष राजेश श्रेष्ठले आफुहरु बिदेशमा बसोबास गरेपनि मन भने नेपाली नै रहेको बताउदै एउटा नेपालीलाई अप्ठ्यारो परेको देख्न नसकेर हङकङमा बसोबास गर्ने दाजुभाईहरु मिलेर रकम संकलन गरेर सो रकम सहयोग गरेको बताए । साथै उनले यो क्षेत्रमा आफुले बाल्यकाल बिताएको हुनाले अझै बढी मायाँ लाग्ने बताउदै , यस क्षेत्रका लागी चाहिने सहयोग गर्नका लागी आफु तथा हङ्कङमा बस्ने सम्पुर्ण नेपाली दाजुभाई सधै तत्पर रहने प्रतिबद्धता जनाए ।

आज भएको राहत बितरण कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं ५ का वडाअध्यक्ष लक्ष्मण पुनको अध्यक्षता , ढोरपाटन नगरपालिका वडा नं १ का नबनिर्वाचित सदस्य चण्डी प्रसाद गुरुङ, बागलुङ ढोरपाटन समाज हङकङका अध्यक्ष राजेश श्रेष्ठ ,समाजसेवीहरु खुमलाल पौडेल र नर बहादुर गुरुङ , सीतेरीयो करातेका राष्ट्रिय खेलाडी जीवन मल्ल रेडियो परिवतनका पुष्पा कंडेल रेडियो बुर्तिबाङका बिष्णु पौडेल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सञ्चालन बुर्तिबाङ राईजीङ युवा क्लबका पुर्व सचिब गोपाल महतले गरेका थिए ।

स्मरणीय छ , समाजले २ बर्ष अगाडी ढोरपाटन नगरपालिका वडा नं १ घमशेन टोलमा एक घरमा आगलागी हुदा पनि सहयोग रकम पठाई बुर्तिबाङमा रहेको बुर्तिबाङ राईजिङ युवा क्लब मार्फत बितरण गरिएको थियो । सो समाजले यस क्षेत्रमा बिभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply