Sorry, that menu does not exist.
 

बुर्तिबाङमा आयोजित प्रथम मोहन स्मृति व्याटमिन्टन प्रतियोगिता सम्पन्न

सुमन सुनार, बुर्तिवाङ २०७४ असोज २७ । बुर्तिबाङ व्याटमिन्टन क्लवव्दारा बुर्तिबाङमा आयोजित प्रथम मोहन स्मृति ब्याटमिन्टन प्रतियोगिताको आज सम्पन्न भएको छ ।

१७ टिमको सहभागीता रहेको प्रतियागिताको मेन्स डबल्स खुल्ला दिलेन्द्र पुन र राजन काउचाको समुह प्रथम भएका छन् भने राजु श्रेष्ठ र गणेश छन्त्यालको समुह द्धितिय भएका छन् । तृतिय हुनेमा राजेन्द्र पौवी र राजु लोप्चन तथा कृष्ण राना र यामु पौवीको समुह रहेका छन् ।

यस्तै मेन्स डबल्स समुह बि तर्फ, राजेश रामदाम र कृष्ण कुमालको समुह प्रथम, अशोक पुन र विनोद रिजाल बरेङ समुह द्धितिय भएका छन् । यस्तै तृतिय तर्फ राम सुवेदी र प्रकाश बुढा तथा अमर लोप्चन र अजित कुवँरको समुह रहेका छन् ।

उता मेन्स सिंगल्स तर्फ कृष्ण राना प्रथम शलिन पौवी व्दितिय तथा देवनारायण बुढा र गणेश छन्त्याल तृतिय भएका छन् ।

प्रतियोगीतामा सहभागी भई उत्कृष्ठ स्थान हासिल गर्ने सबै टिमलाई आजै ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीद्धारा पुरस्कार वितरण गरिएको छ ।

ढोरपाटन नगरपालिकाका नगर प्रमुख देबकुमार नेपालीका छोरा अर्थात ब्याटमिन्टन खेलाडी मोहन नेपालीको संझनामा पहिलो पटक बुर्तिबाङमा मोहन स्मृति ब्याटमिन्टन प्रतियोगीता आयोजना गरिएको हो । खेलसँग आवद्ध खेलाडीहरुको प्रतिभा पर्दशन तथा खेलको विकासका लागि उक्त खेलको आयोजना गरिएको ब्याटमिन्टन क्लवका अध्यक्ष ईन्द्र बहादुर घर्तिले ईबागलुङलाई बताए ।

प्रतियोगिताको खुल्ला मेन्स डबल्स तर्फ प्रथम हुनेलाई २५ हजार, व्दितिय हुनेलाई १५ हजार र तृतिय हुनेलाई १० हजार पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै मेन्स डबल्स कै वि समुहमा प्रथम हुनेलाई १५ हजार , द्धितिय हुनेलाई १० हजार र तृतिय हुनेलाई ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । उता मेन्स सिंगल्स तर्फ प्रथम हुनेलाई २० हजार, द्धितिय हुनेलाई १० हजार र तृतिय हुनेलाई ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको थियो । गत आश्विन २५ गतेबाट सञ्चालन भएको प्रतियोगीता आज सकिएको हो ।

यसैबीच आयोजित प्रतियोगीता सम्पन्न भएपछि नगर प्रमुख नेपालीले आगामी वर्षदेखि मोहन स्मृति ब्याटमिन्टन प्रतियोगितालाई निरन्तरा दिनका लागि नगरपालिकाबाटै बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानाले, खेल सञ्चालनका लागि महत्वपूर्ण सहयोग गर्नुहुने नगर प्रमुख नेपाली लगायत सबै सहयोगदाता, खेलाडी अतिथि, सरकारी तथा गैह्र सरकारी कार्यालय प्रमुख तथा प्रतिनिधि, पत्रकार सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

समापन कार्यक्रमको सञ्चालन रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुवेदीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply