Sorry, that menu does not exist.
 

अर्घाखाँचीको पँडेनीमा बिबाह गरे लगत्तै बेहुला बेपत्ता

प्रेम सुनार, गुल्मी, २०७४ असोज २८ । अर्घाखाँचीको पँडेनी गाउँपालिकामा विवाह भएको एक साता नवित्दै बेहुला बेपत्ता भएका छन् । पाणेनी गाउँपालिका वडा नम्वर ५ मैदान धारापानी टोलका ३० वर्षिय बेहुला हरिप्रसाद भट्टराई असोज २२ गते दिउँसो सन्धीखर्कबाटै बेपत्ता भएका हुन् ।

उनले सोही गाउँपालिका वडा नम्वर–४ पटौटीकी २१ व्र्षिया विष्णु घिमिरे संग असोज १६ गते दशै टीकाको तेश्रो दिन विवाह गरेका थिए । जिल्लाका विभिन्न विद्यालय हुँदै पछिल्लो चरण निमावि तह गाणित विषयका स्थाई शिक्षकका रुपमा भट्टराई नवलपरासीको डेढ मावि डेढगाउँमा कार्यरत थिए । उनि त्यस विद्यालयमा पनि नपुगेको विद्यालयले जानकारी दिएको छ ।
आज यतिका दिन वित्दा पनि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले खोजतलास र अनुसन्धान फितलो गराएको उनका दाजु रेणुकान्त भट्टराईले गुनासो गरे । ‘हामीले खोजतलासका लागि त्यस कार्यालयमा उजुरी दिएको पनि यतिका दिन भई सक्यो’–भट्टराईले भने–‘ प्रहरीले फेला पार्न नसक्नुले अनुसन्धान फितलो भएको अनुभुत गरेका छौं । ’
यस सम्वन्धमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी एकनारायण कोईराला संग सम्पर्क राख्दा उनले मातहतका सम्पुर्ण ईकाईका प्रहरीहरु व्यापक रुपमा परिचालित गर्दा पनि फेला पार्न नसकेको प्रतिकृया दिए । उनले उनको कल डिटेलबाट पनि अनुसन्धान भई रहेको बताए ।
वेपत्ता भट्टराईका दाजुका अनुसार त्यस दिन दिउँसो १२ वजे र ३ मिनेटको समयमा सन्धीखर्कको एशियन लाईफ ईन्सुरेन्स कम्पनीमा किस्ता वुझाउन उनि पुगेको सिसीटिभिमा समेत देखा परेका छन् । किस्ता तिरी सकेपछि रशिद लिन पछि आउँछु भनेर त्यहाँबाट वाहिरिएका छन् ।
त्यहाँबाट अलि माथी सम्म हिडिरहेको उनका छिमेकीले पनि देखेका छन् । त्यस अघि उनि राष्ट्रिय वाणिज्य बैंक सन्धीखर्कबाट ५० हजार निकालेर उनै सुनारलाई बुझाएका छन् ।
सुनारले उक्त रकम बुझेको र करिव १ वजेतिर घर फर्कियौं भनेर फोन गर्दा स्वीचअफ भएको पाए पछि परिवारजनलाई खवर गरेको बताईएको छ । सुनार घर फर्किएका छन र उनको पसल उनकै छिमेक मैदानमा रहेको छ ।
उनकी वेहुली विष्णु घिमिरेका अनुसार त्यस दिन १० वजेर ४० मिनेट जाँदा उनले श्रीमानलाई फोन गरेकी थिईन् । मैले फोन गरें, उहाँले उठाउनु भयो र अहिले बाटैमा छु, सन्धिखर्क गएर मैले गर्छु फोन भन्नु भएको थियो , त्यस पछि हाम्रो फोन हुन सकेन’– घिमिरेले भनिन्–‘ आफुहरु विच विवाहको दिन देखि निकै सुमधुर सम्वन्ध थियो ।’
के भन्नु हुन्थ्यो उहाँले ? भन्ने प्रश्नमा उनले भनिन्–‘तिहारको भाई टिका सम्म नवलपरासी विद्यालयमा जान्न । टिकाको अर्का दिन कार्तिक ५ गते तिमीलाई लिएर जान्छु र उतै बसौंला भन्नु भएको थियो ’उनले थपिन मैले त केहि अनुमान र्नै गर्न सकेकी छैन् ।’
यस घटनालाई परिवारका सदस्यहरुले निकै रहस्यम रुपमा लिएका छन् । केहि अनुमान नै गर्न नसकिएको परिवारको सवै सदस्यहरुको भनाई छ । उनका आमा वुवा र भाई वहिनीहरुमा रुवावासी छ । नव दुलही विच एक महिना अघि देखि चिनजान भएको थियो ।
विष्णुल भनिन्–‘एक महिना अघि मात्र उहाँ संग चिनजान भएको थियो , त्यस अघि मैले उहाँलाई देखेको पनि थिईन् अँस्ती आफन्तले मागेर विवाह भएको हो । ’ स्नातक सम्म अध्यान गरेकी घिमिरे स्थानिय तहको निर्वाचनमा म्यादी प्रहरीमा भर्ति समेत भईकी थिईन् ।
बेपत्ता शिक्षक भट्टराईलाई कुनै विमार नभएको , साथमा पैसा पनि धेरै नभएको र कसै संग दुश्मनी पनि नरहेको उनका दाजुले बताए । परिवारमा आसंकको अर्को पाटो कसैले अपहरण ग¥यो कि ? भन्ने छ ।
परिवारजनले खोज तलासका लागि सवै सञ्चार माध्यम , प्रहरी प्रशासन र आम नागरिक संग अपिल गरेका छन् । नव दुलही घिमिरे तनाव ग्रस्त हुँदै आज माईती घर पुगेकी छिन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply