Sorry, that menu does not exist.
 

गाउँघर क्लिनिक सन्चालन गरेर सेवा दिन थालेपछी स्थानीयवासी हर्षित !

बुर्तिवाङ २०७३ माघ १४ । भिङगीठे गाउँ विकास समिति स्थित स्वास्थ्य चौकीद्धारा ग्रामीण क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिने भन्दै गाउँ विकास समितिका दुई स्थानमा गाउँघर क्लिनिक सञ्चालन गरिएको छ ।

दुर्गम वस्तिका जनतालाई नजिकको केन्द्र पर्ने स्थानका विभिन्न वडा समेटेर क्लिनिक सञ्चालन गरिएको स्वास्थ्य चौकी प्रमुख विपेन्द्र केसीले बताए । वडा नं. ५ को गावँमा र वडा नं. ८ को भाटी पोखरामा हरेक महिनाको १२ र १३ गते क्लिनिक सञ्चालन गरिने गरिएको स्वास्थ्य चौकीकी अनमी टीका गुरुङले बताईन् । यसरी सञ्चालन गरिएको क्लिनिकमा, वालवालिका तथा गर्भवति महिलाका लागि भ्याक्सीन लगाईने तथा अरु पनि विभिन्न स्वास्थ्य समस्याको चेक जाँच तथा औषधि सेवनका लागि सल्लाह दिईने गरि कार्यक्रम सञ्चालन गरिएको अनमी गुरुङले बताईन् ।

यसै महिनाबाट सुचारु गरिएको गाउँ घर स्वास्थ्य क्लिनिकमा वडा नं. ५को गावँमा वडा नं.४, ५, ६ र ७ का जनतालाई लक्षित गरि गत माघ १२ गते सेवा दिइएको छ भने, हिँजो वडा नं. ८ को भाटी पोखरामा सञ्चालन गरिएको क्लिनिकमा वडा नं.९, ८ र २ का जनतालाई सेवा दिइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply