Sorry, that menu does not exist.
 

वामी टक्सार झिनियाँमय : यस वर्ष तिहारमा झण्डै रू ३० लाखको झिनियाँ रोटीको कारोवार !

कौरव खत्री, गुल्मी २०७४ कात्तिक १ । गुल्मीमा तिहार नजिकीदै गर्दा झिनियाको राम्रो व्यापार हुन थालेको छ । तिहार पर्वको झण्डै १० दिनको अवधिमा वामीटक्सार बजारका व्यापारीहरुले झण्डै ३० लाखको झिनियाको व्यापार हुने अनुमान गरिएको स्थानीय झिनिया व्यापारी चिरिञ्जीवी शाक्यले बताए ।

गुल्मी जिल्लाको वामीटक्सारका नेवार समुदायले परम्परागत रुपमा आफ्ना घर तथा पूजा आरधनाको प्रयोजनको लागि मात्र बनाइने झिनियाँ अहिले पछिल्ला केहि बर्षहरुमा बजारमा यसको माग बढ्न थालेपछि र यसबाट राम्रो आम्दानी हुन थालेपछि नेवार समुदाय मात्र नभई अन्य समुदायका मानिसहरु झिनिया बनाउने र व्यापार गर्नेहरुको संख्या वृद्धि हुदै आएको झिनिया व्यापारी शाक्यले जानकारी दिए ।

वामीटक्सार बजारमा उत्पादन गरिएको झिनियाँ बागलुङका विभिन्न स्थानका साथै तथा बुटवलसम्म पुग्ने गरेको व्यापारीको भनाई छ । यसले गर्दा झिनिया रोटीको माग दिनप्रतिदिन बढ्दै जान थालेपछि यति बेला यहाँका व्यापारीहरुलाई झिनिया बनाउन भ्याई नभ्याई छ ।

तिहार पर्वलाई लक्षित गरेर झण्डै एक हप्ता अघि देखि झिनियाँ व्यापारीहरु झिनिया बनाउदै आ–आफ्ना घरका छानो र छतमा समेत झिनिया सुकाएर विक्रिको लागि तयार पारिरहेका छन् ।

विशेष गरि तिहार पर्वमा बढि मात्रमा खपत हुने झिनियाले यति बेला बजारका अधिकांश पसलहरुमा झिनिया रोटीलाई सजाएर विक्रिको लागि राखिएको छ बजारमा जताततै झिनिया भएपछि तिहार झिनियामय बनेको छ ।

अहिलेको तिहारमा झिनियाँ रोटीको माग गत बर्ष भन्दा बढि आएको र झिनिया व्यापारीहरुको संख्यामा पनि वृद्धि भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply