Sorry, that menu does not exist.
 

चुनावमा गरेका प्रतिवद्धता आगामी पाँच वर्षमा पूरागर्छु – उपसंयोजक भुसाल

दीपज्योति युवा क्लबको कार्यक्रममा भलिवल खेलमा वसन्त युवा परिवार वियजी !

कमल पौडेल, खर्वाङ (बागलुङ) २०७४ कात्तिक १ । जिल्ला समन्वय समिति बागलुङका उपसंयोजक विष्णु प्रसाद भुसालले निर्वाचनमा आफुले प्रतिवद्धता गरेका सवै विषय ५ वर्षमा सवै पुरागर्ने वताएका छन् ।
बुधवार दीपज्योती युवा परिवार बडीगाड गाउँपालिका वडा नं. २ सिमलचौरको आयोजनामा संचालित खेलकुद तथा साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै सो कुरा वताएका हुन्।

भुसालले कार्यक्रममा साविका वडा नं. ६ मा खेलकुद मैदानको लागी पहल गर्ने, हिमालयन वाल विकास केन्द्र, सरस्वती प्रावि को सुधारको लागी आवश्यक रकम विनियोजन गर्ने, युवाको खेलकुद तथा अन्य विकासको लागी आवश्यक वजेट तथा कार्यक्रमको व्यावस्था गर्न पहल गर्ने बताए ।

कार्यक्रममा गल्कोट नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष डम्वर श्रीस, नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद तथा युवा परिवारका सल्लाहकार संयोजक कमल पौडेल, बडीगाड गापा वडा नं. २ का वडा सदस्य सुर्य वहादुर अधिकारी, पिप्ले वसाह सामुदायीक वनका अध्यक्ष तथा युवा परिवारका सल्लाहकार चुमाकान्त पोखरेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

असोज ३० गते देखि सुरु भएको खुल्ला भलिवल प्रतियोगीतामा वसन्त युवा परिवार रिघा विजेता वनेको छ भने जनसेवा युवा परिवार बडिगाड गाउँपालिका १ तुन्डाडा उपविजेता वनेको छ। विजेताले १५ हजार मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेताले १० हजार मेडल र प्रमाणपत्र मा चित्त वुझाएको छ । त्यस्तै खुल्ला रेकर्ड नृत्य प्रतियोगीतामा वसन्त युवा परिवार रिघाको टिम नै प्रथम भएको छ।

कार्यक्रममा प्रमुख अतिथि भुसाल सहित पुरस्कार प्रायोजन गर्ने प्रायोजक, सहयोग दाता लगाएतलाई सम्मान गरिएको थियो । कार्यक्रम युवा परिवारका अध्यक्ष गणेशमान चालिसेको अध्यक्षता, कोषाध्यक्ष वावुराम पौडेलको स्वागत मन्तव्य तथा सचिव होमनाथ खरेलको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply