बागलुङ २०७४ कात्तिक २ । बागलुङ नगरपालिका १ रामरेखा स्थित एक विद्यालय परिसरमा चितुवा देखिएको स्थानीयले बताएका छन् । केहि समय अघि प्रिसियस इन्टरनेशनल मोन्टेश्वरी स्कूलको हातामा १० बजेको समयमा चितुवा पसेको प्रत्यक्षदर्शीले बताए ।
अहिले मन्टेश्वरी वरपर सुरक्षाकर्मीहरु सहित मानिसहरुको भीड लागेको छ । केहि प्रत्यक्षदर्शीले चितुवा या चरीबाघ हुन सक्ने बताएका छन् । विद्यालय परिसर भित्र चितुवा कहाँ लुकेको छ विद्यालय परिसरमा चितुवाको खोजी गरिरहेकै अवस्थामा भरखर ११. ३० बजे त्यहाँबाट निस्केर अन्य घरमा पसेको प्रत्यक्षदर्शीले बताए ।
रामरेखा स्थित सामुदायिक प्रहरी सेवा केन्द्र नजिकै गणेश मन्दिरको भीरमा चितुवा बस्ने गरेको रामरेखावासीको भनाई छ । त्यहिँबाट स्कूलमा पसेको हुन सक्ने अनुमान गरिएको छ ।
अपडेट : मन्टेश्वरीबाट निस्केर कुमार खड्को घरमा पसेको चितुवा त्यहाँबाट झुपीको घर हुँदै रनबहादुर किसानको घर देखी गणेश स्थानको भीरतिर भागेको प्रत्यक्ष दर्शीले बताए ।
चितुवाको तस्वीर चन्द्र गणेशको फेसबुकबाट लिईएको हो ।