Sorry, that menu does not exist.
 

गुल्मीको वाग्ला गाउँ : भित्र अँध्यारो बाहिर झिलिमिली !

प्रेम सुनार, गुल्मी, २०७४ कात्तिक ३ । गुल्मीको वाग्ला गाउँका कैयौं दलित वस्तीमा बिद्युतको बत्ति बलेको छैन । सामन्य टुकी बत्तिले भित्र सवैतिर भ्यायु पाउने गरी उज्यालो छैन, अँध्यारै छ । तर लक्ष्मी पुजाको दिन देखि साँझ पर्न साथ ती भित्र अँध्यारो भएको घर बाहिर ब्याट्रीको सहायताबाट बल्ने झालर बत्तिहरु बालेर सडक समेत उज्याले हुने गरी झिलीमिली पारिएको छ ।

ढोका अगाडी तेलको दियो प्रजलित गर्ने चलन थियो । तर अहिले मैन बत्ति बालेको देखिन्छ प्रायः ती बस्तीका घर–घरमा । धुर्कोट गाउँपालिका वडा नम्वर ७ मा पर्ने वाग्लाको अधिकांश दलित बस्तीमा खरका झुपडीहरु छन् । गरिवी र वेरोजगारी व्याप्त छ र पनि दशैं तिहार जस्ता चाड पर्वमा खर्चको कमी गरिदैन ।

वाग्ला मात्रै होईन हाडहाडेमा पनि कैयौं घरहरुमा बत्ति बोल्न सकेको छैन् । त्यहाँ पनि भित्र अँध्यारो बाहिर झिलिमिली देख्न पाईन्छ । फुलहरु प्रायः घर–घरै भएको देख्न सकिन्छ तर कृतिम माला खरिद गरेर ल्याई सकिएको छ । वस्तुका बासिन्दा पुर्व सांसद रुद्रमणी शर्मा भण्डारीले भने,–‘स्थानिय वस्तु उपभोगमा मानिसहरुले आँखा लगाउनै छाडे, दिपावली गर्न दियो बाले हुँदैन्थ्यो तर मैन बत्ति चाहियो, म हिजो यसो हेर्दै जान्छु भन्दा त घर–घरमा मैन बत्ति र झिलीमिली देखें, भित्र भने अँध्यारैमा बस्न पनि रुचाउने । ’

उनको अनुमानमा बस्तुबाट मात्रै माला र मैन बत्ति लगायतको तिहारको साम्रगी किन्दा लाखौं बाहिरिएको छ । उनले फुलको माला र दियोको प्रयोग गर्न सवै संग आग्रह गरे । माओवादी केन्द्रका जिल्ला सदस्य एवं जैसीथोकका वासिन्दा वीरेन्द्र कुँवरले गाउँपालिकाबाटै कृतिम माला भित्राउन निषेध गर्न गाउँपालिका प्रमुख भुपाल पोखरेल संग माग गरे ।

‘मैले पहिलै देखि भन्दै आएको छु घर–घरमा फुल रोप्न लगाऔं, कृतिम माला बर्जित गरौं त्यसो गरिए साविकको एउटा गाविस जैसीथोकबाट मात्रै लाखौ बचाउन सकिन्छ,–‘ उनले भने–‘ यो तत्काल लागु गर्न म गाउँ कार्यपालिका संग माग गर्दछु ।’ जवाफमा गाउँपालिका प्रमुख भुपाल पोखरेलले धुर्कोट गाउँपालिकाले त्यो काम सुरु गरी सकिएको जानकारी दिए ।

उनले भने–‘‘यसपालीको तिहारमा कृतिम माला पुरै रोक्न त सकिएन तर अर्को वर्ष देखि पुर्णरुपमा रोकेर फुलको माला घर घरमा हुनेछ । यस आर्थिक बर्षमा पुष्पा उत्पादन कार्यक्रमका लागि रकम विनियोजन गरिएको छ । ’

उनले थपे–‘ लाखौं रुपैयाँ बचाउने मात्र होईन यहाँबाट उत्पादन भएका फुलहरुबाट लाखौ आम्दानी लिने र पचास जना भन्दा बढिलाई यसै वर्ष रोजगारी दिईने छ । उनले एक घर अनिवार्य एक फुलवारी बनाउन सवै संग आग्रह समेत गरेका छन् । तिहारमा सेल रोटी चिउरीका पातका ठुला टपरीहरुमा टक्राउँदा निकै शोभा दिने गर्दथ्यो तर अहिले तालहरुमा दिन थालिएको छ । यो पनि रोक्नु पर्नेमा उनको जोड रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply