बागलुङ २०७४ कात्तिक ५ । आगामी मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनमा ३२ जिल्लाका प्रतिनिधी सभा र प्रदेश सभा सदस्य पदका लागि आईतवार विहान १० बजे देखी अपरान्ह ५ बजे सम्म मनोनयन दर्ता हुँदैछ । पहिलो चरणमा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि मनोनयन दर्ताको कार्यक्रम छ ।
बागलुङमा नेपाली काँग्रेसबाट जिल्लाका २ निर्वाचन क्षेत्रबाट प्रतिनिधी सभाका लागि क्षेत्र नं १ मा राज्यमन्त्री चम्पादेवी खड्का र २ मां पूर्व सांसद नरबहदुर पुन (निरज) तथा एमाले माओवादी गठवन्धनबाट १ मा एमालेका डा. सूर्य पाठक र २ मा माओवादीका देवेन्द्र पौडेललाई गठवन्धनले उमेदवार घोषित गरेको छ ।
उता प्रदेश सभामा क्षेत्र नं १ को ‘क’ र ‘ख’ प्रदेश सभा सदस्यमा क्रमश: जिल्ला पार्टी अध्यक्ष दिपेन्द्र थापा र निवर्तमान सांसद प्रकाश शर्मा पौडेललाई नेपाली काँग्रेसले टिकट दिएको छ भने वाम गठवन्धनबा ‘क’ मा एमालेका जिल्ला पाटी अध्यक्ष ईन्द्रलाल सापकोटा र ‘ख’ मा राजमोका कृष्ण थापा उमेदवार बन्ने भएका छन् ।
उता क्षेत्र नं २ को प्रदेशसभा ‘क’ र ‘ख’मा नेपाली काग्रेसले क्रमश: मन्जेशवम मल्ल र जीतबहादुर शेरचनलाई उमेदवार बनाउने निर्णय गरेको छ भने वाम तालमेलबाट ‘क’ मा माओवादीका चन्द्रबहादुर बुढा र ‘ख’ मा राजमोका टेकबहादुर घर्तीले आज उमेदवारी दर्ता गर्ने बताईएको छ ।