Sorry, that menu does not exist.
 

गृह सचिवको जिम्मेवारी पाउने मोहनकृष्ण सापकोटा बागलुङका पहिलो व्यक्ति !

बागलुङ २०७४ कात्तिक ६ । सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई नेपाल सरकारले गृह सचिवको जिम्मेवारी दिएको छ । मुलुकको गृहसचिव जस्तो गहन जिम्मेवारी पूर्ण पदमा पुग्ने सापकोटा बागलुङका पहिलो व्यक्ति भएका छन् ।

बागलुङ नगरपालिका- ३ रातामाटा तंगाला निवासी गृह सचिव सापकोटा पिता रुद्रनाथ सापकोटा र माता मोतिकला देवी सापकोटाका ६ भाई छोराहरुमध्य जेठा हुन् । उनको जन्म २०१९ सालमा भएको थियो । उनी २०४४ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका थिए ।

यसैबीच गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीलाई सरकारले मुख्य सचिवमा नियुक्त गरेको छ । मुख्य सचिवको दौडमा रहेका शंकर अधिकारी अर्थ सचिव र अर्का मुख्य सचिवका दावेदार ङइन्द्रप्रसाद उपाध्यायलाई लोकसेवा आयोगको सचिवको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी वन मन्त्रालयका प्रकाश माथेमालाई पशुपंक्षी मन्त्रालय, लोकसेवा आयोगका मधुप्रसाद रेग्मीलाई शिक्षा मन्त्रालय पशुपंक्षीका युवकध्वज जिसीलाई वनमन्त्रालय तथा सामान्य प्रशासनको जिम्मेवारी रेश्मीराज पाण्डेलाई दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply