Sorry, that menu does not exist.
 

कुस्माको एक वित्तिय संँस्थाले दिएको गड्डामा भेट्टियो रु १ हजारको नक्कली नोट !

पर्वत २०७४ कात्तिक ६ । पर्वत सदरमुकाम कुस्मा बजार स्थित एक वित्तिय संस्थामा १ हजार रुपयाँको नोट नक्कली भेट्टिएको छ । आईतवार एक जना सेवाग्राही विदेशबाट पठाएको रकम रेमिट्यान्स रकम झिक्न जाँदा कुस्मा नगरपालिका ४ स्थित देब विकास बैँकबाट दिईएको एक/एक हजारका एक लाख रुपयाँको गड्डामा एउटा हजारको नोट नक्कली भेटिएको हो ।

आईतवार कुस्मा नगरपालिका ४ निवासी श्याम गुरुङले छोरीले पठाएको (रेमिट्यान्स) रकम देब विकास बैँकबाट झिकेका थिए । सो रकम आज सोमबार कुस्मा नगरपालिका ५ मा रहेको गण्डकी विकास बैँकमा बुझाउन जाँदा नोट परीक्षण गर्ने मेशिनले चेक गर्दा एउटा हजारको नोट नक्कली भेट्टिएको श्रोतले बतायो ।

सेवाग्राही गुरुङले देब विकास बैंकबाट बुझेको शिलवन्द एक लाख रुपयाँको गड्डै जस्ताको तस्तै गण्डकी विकास बैँकमा बुझाउन लगेका थिए । एउटा हजारको नोट नक्कली भेटिएपछिी गुरुङ सोही गड्डै लगेर देब विकास बैकमा जाँदा हामीकहाँ नोट जाँच्ने मेशिन नभएको बताउदै यस्तै गड्डा बुझेको बैँकले जानकारी दियो तर नोटको हर्जना दिएन पीडित गुरुङको भनाई थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply