Sorry, that menu does not exist.
 

निर्वाचन आचार संहिताबारे छलफल

बागलुङ २०७४ कात्तिक ९ । निर्वाचन आचार संहिताका विषयलाई लिएर जिल्ला समन्वय समिति र जिल्ला निर्वाचन कार्यालयको संयुक्त आयोजनामा प्रशासन, प्रहरी, राजनीतिक दल, उमेदवार, नागरिक समाज तथा पत्रकारहरुको वीच छलफल भएको छ ।

छलफलमा मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले निर्वाचन आचारसंहिता विपरीतका क्रियाकलाप, प्रचार सामाग्रीको प्रयोग गरेको थाहा पाएमा स्थानीय प्रहरी चौकी वा निर्वाचन कार्यालयमा सुचना दिन आग्रह गर्दै जिल्लामा निर्वाचनका लागि झन्डै १५ सय ३९ कर्मचारी परिचालन हुने बताए ।

छलफलमा जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगाना, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद थापा, प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङ लगायतले बोलेका थिए ।

सो अवसरमा निर्वाचन अधिकृत विद्याराज पन्तले निर्वाचन आचारसंहिता तेस्रो संशोधन २०७४ मा भएका प्रस्तावनाहरुका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

बागलुङमा आगामी निर्वाचनका लागि ८ सय म्यादी प्रहरी भर्ना गरिएको छ । निर्वाचनमा सुरक्षा व्यवस्था कडाइ गर्न तेस्रो घेरामा नेपाली सेना, दोस्रो घेरामा सशस्त्र प्रहरी र पहिलोमा नेपाल प्रहरी रहने व्यवस्था मिलाईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply