Sorry, that menu does not exist.
 

विकास र निकासका लागि हरेक वर्ग र समुदाय क्रियाशील हुन जरुरी : सांसद पौडेल

नारायण रिजाल, बागलुङ २०७३ माघ १५ । सांसद प्रकाश शर्मा पौडेलले विकास र निकासका लागि हरेक वर्ग र समुदाय क्रियाशील हुन जरुरी रहेको बताएका छन् । जिल्ला विकास समिति बागलुङले गल्कोटको हटियामा आयोजना गरेको आर्थिक वर्ष ०७४।०७५का लागि ईलाका नं. ८ को ईलाका स्तरीय योजना तर्जुमा गोष्ठिको उदघाट्न गर्दै पौडेलले स्थानिय स्तरमा आएको बजेटलाई सम्पुर्ण राजनितिक दल र स्थानिय अगुवाको सहकार्यमा सही कार्यमा खर्चिन आग्रह गरे ।

सांसद पौडेलले मुलुकमा जारी भएको संविधान कार्यान्वयनमा ठुलो चुनौती देखिएका कारण काँग्रेसले हरेक क्षेत्र सँग समन्वयकारी भुमिका निर्वाह गरी संविधान कार्यान्वय गरी छाडने बताए ।

कार्यक्रम बागलुङका स्थानिय विकास अधिकारी रामप्रसाद आचार्यले, नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य फमबहादुर खत्री, नेकपा एमालेका प्रतिनिधि सन्त बहादुर पन्त, नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य खिम शाहनी, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदिलाल सापकोटा, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा ईलाका गोष्ठिमा सहभागि मल्मका छम बहादुर थापा, मुस्लिम समुदायको तर्फबाट, कमलहुकुम मिया, गल्कोट उच्चमाविका प्रध्यापक राम बहादुर खत्री, मल्मका घनश्याम गौतम, महिला संजालको तर्फबाट काँडेबासकी नमकुमारी सापकोटा लगायतले सांसद पौडेल र स्थानिय विकास अधिकारी समक्ष आफ्ना गुनासा राखेका थिए

ईलाका नम्बर ८ अन्र्तगतका हटिया, मल्म, काँडेबास, सल्यान सुखौरा गरी ५ वटा गविसका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम जिल्ला विकास समितिका कार्यक्रम संयोजक भेषराज शर्माको अध्यक्षता, हटिया गाविसका सचिव कुलराज पौड्यालको स्वागत र जिविस बागलुङका नायब सुब्बा पुरुषोत्तम गौतमको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply