Sorry, that menu does not exist.
 

शहीद शब्दको अवमूल्यन भएकोमा स्रष्टाहरुव्दारा चिन्ता व्यक्त !

माधव अधिकारी, काठमाडौँ, २०७३ माघ १५ । स्रष्टाहरुले शहीद शब्दको अवमूल्यन भएकोमा चिन्ता व्यक्त गरेका छन् । अनुपम साहित्यिक प्रतिष्ठान, काठमाडौँको शनिबार सम्पन्न ५४ औँ सिर्जना वाचन कार्यक्रममा स्रष्टाहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा सहभागी साहित्यकारहरुले शहीदले देखाएको बाटोमा हिँड्न सकेमात्र उनीहरुको सपना साकार हुने बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ नरनाथ लुँइटेलले नेपाल र नेपालीको हितका लागि प्राण उत्सर्ग गर्ने वीर शहीदहरुको योगदानको कदर गर्न सबै नागरिक राष्ट्रनिर्माणमा अग्रसर हुनुपर्ने बताए ।

सीतापाइलास्थित नागार्जुन कम्युनिकेसनका सञ्चालक माधव अधिकारीले नेपाली साहित्यलाई अनुवादका माध्यमबाट विश्वसाहित्यसँग प्रतिष्पर्धा गर्न योग्य बनाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा विभिन्न स्रष्टाले शहीदसम्बन्धी रचना वाचन गरेका थिए । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम अधिकारीको सभापतित्वमा सम्पन्न समारोहमा सामाखुसी साहित्य समाजका अध्यक्ष भाग्यशाली अधिकारी, गोगंबु साहित्य समाजकी अध्यक्ष द्वारिका कुइँकेल, भुवनहरि सिग्देल, पुरुषोत्तम सिग्देल, हरि खनाल, दुर्गा रिमाल अधिकारी, जितु खड्का, जगदीश्वर पोखरेल, जनार्दन अधिकारी धड्कन, तारा केसी, बिनुबाबा घिमिरे लगायत ३५ जना स्रष्टाले आफ्ना सिर्जना वाचन गरेका थिए । २०६९ सालमा स्थापित अनुपम सिर्जना प्रतिष्ठा नेपालले नियमित रुपमा हरेक महिनाको तेस्रो शनिबार सिर्जना वाचन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
***
यसैवीच पश्चिम क्षेत्रीय उच्च माध्यमिक विद्यालय संघको आयोजनामा कलङ्कीस्थित एड्मार्क कलेजको प्राङ्गणमा सञ्चालित अन्तर कलेज हाजिरीजवाफ प्रतियोगिताको पहिलो चरण शनिबार सम्पन्न भएको छ । काठमाडौँ पश्चिम क्षेत्रका विभिन्न कलेजका १२ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनलमा ६ टिम प्रवेश गरेका छन् ।

रेन्बो इन्टरनेसनल कलेज,डल्लु,ग्रिन फिल्ड नेसनल कलेज,बाफल, इन्टेन्सिभ कलेज, कालिमाटी,काष्ठपण्डप कलेज,कलङ्की,क्यापिटल हिल कलेज, टेकु र सिद्धार्थ मल्टिपल कलेज,बाफल फाइनलमा प्रवेश गरेको प्रतियोगिता संयोजक हिसान,काठमाडौँका उपाध्यक्ष एवं एड्मार्क कलेजका प्रिन्सिपल शिव अधिकारीले बताए ।प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै हिसान केन्द्रीय उपाध्यक्ष डा. स्वागत श्रेष्ठले अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीको प्रतिभा उजागार गर्ने संघको प्रयास प्रशंसनीय भएको धारणा राखे ।
यसैगरी बाफलस्थित ग्रिनफिल्ड नेसनल कलेजमा जारी अन्तर कलेज बास्केटबल प्रतियोगितको फाइनलमा ६ वटा कलेजबीच आइतबार प्रतिष्पर्धा हुँदैछ । दिएको छ ।
स्थानीय उच्च माविका विद्यार्थीको विकासका लागि कार्यक्रम आयोजना गरिएको प्रतियोगिताको संयोजकको जिम्मेवारी ग्रिनफिल्ड नेसनल कलेज,बाफलका प्रिन्सिपल खडक बस्नेतले बताए ।प्रतियोगिताको उद्घाटन हिसान केन्द्रीय समिति वरिष्ठ उपाध्यक्ष युवराज शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply