नारायण रिजाल, बागलुङ २०७४ कात्तिक १२ । आगामी मंसिर १० गतेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ को कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रम आज बागलुङको बिनामारेमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस क्षेत्र नं. १ को प्रतिनिधि सभाका उम्मेदवार राज्य मन्त्री चम्पादेवी खड्काले मुलुकमा गणतन्त्रको स्थायित्वका लागि नेपाली काँग्रेसलाई बिजयी गराउर्ने बताई उनले बिनामारेलाई जैमिनी नगरपालिकाको उत्कृष्ट वडा बनाउनका लागि आफुहरुले हरेक तहबाट सहयोग गर्ने बताए ।
सो अवसरमा क्षेत्र नं. १ (२) को प्रदेश सभाका उम्मेदवार काँग्रेस बागलुङका निवर्तमान पार्टि सभापति एवं निवर्तमान सांसद प्रकाश शर्मा पौडेलले स्थानिय स्तरको विकास निर्माणका लागि आफु सधै जनताको माझ तयार रहेको र बाँकी सबै अधुरा काम पुरा गर्नेका लागि काँग्रेसलाई निर्वाचित गराई जिम्मेवारी सुम्पिनका लागि जनताहरुसँग अनुरोध गरे ।
कार्यक्रमा नेपाली काँग्रेस बागलुङका जिल्ला सचिव नवराज पौडेल, महासमिति सदस्य कल्पना हमा पाठक, नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदी, नेपाली काँग्रेसका जिल्ला सदस्य पदम पुन, जैमिनि नगरपालिकाका नगरप्रमुख ईन्द्रराज पौडेल, जैमिनि नगरपालिकाका काँग्रेसका नगर संयोजक काशिराम शर्मा, स्थानिय निकायमा जैमिनि नगरपालिकाका उपमेयरका उम्मेदवार कौशिला बि.क., स्थानिय कार्यकर्ता, तिर्थ बि.क., लगायतले आगामी निर्वाचनमा देशको समृद्धि र विकासका निम्ती नेपाली काँग्रेसलाई बिजयी गराउन आग्रह गरेका थिए ।
कार्यक्रम नेपाली काँग्रेस बिनमारे का पार्टि सभापति तोयनाथ आचार्यको अध्यक्षता, पुर्व सभापति चुडामणि पाध्याको स्वागत र नेपाली काँग्रेसका जिल्ला सदस्य सीताराम रसाईलीको संचालनमा सम्पन्न भएको थियो ।
त्यसै गरी आईतबार नै अर्जेवामा पनि घरदैलो कार्यक्रम तथा आम सभा सम्पन्न गरेको छ । सो अवसरमा सम्बोधन गर्दै सहकारी तथा गरिबी निवारण राज्य मन्त्री चम्पा देवी खड्काले हरेक गाउँ गाउँको विकास निम्ती नेपाली काँग्रेसले आहुती दिएका कारण यसलाई दिगो राख्न काँग्रेको जित आवश्यक रहेको बताईन ।
कार्यक्रममा प्रदेश सभाका उम्मेदवार प्रकाश शर्मा पौडेलले मुलुकमा संविधान निर्माण जस्तो महान भुमिका काँग्रेसले गरेकाका कारण यसको कार्यान्वयमा पनि काँग्रेको जित आवश्यक रहेको बताए । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव नवराज पौडेल, पूर्व महासमिति सदस्य विष्णु खत्री, नेविसंघका उपाध्यक्ष, डिल्लीराम सुवेदी, सहमहामन्त्री, हरिहर शर्मा, काँग्रेसका जिल्ला सदस्य बेमकुमारी थापा, ओमकार थापा लगायतले बोलेका थिए । कार्यक्रम नेपाली काँग्रेस जैमिनि नगरपालिका वडा नं. ६ का उपसभापति बलबहादुर रानाको अध्यक्षता पुर्व सभापति नरबहादुर पुनको स्वागत र जिल्ला सदस्य सिताराम रसाईलीको संचालनमा सम्पन्न भएको त्यहाँबाट नेविसंघका जिल्ला सदस्य बालकृष्ण शर्माले जानकारी दिए ।