काठमाडौँ २०७४ कात्तिक १४ । बाह्र वर्ष पछी पाप धुरीबाट कराउँछ भन्ने नेपाली उखान आज चरितार्थ भएको छ । आज बिहान प्रहरीले ज्यानमुद्दामा जन्मकैदको सजायँ पाएका माओवादी नेता बालकृष्ण ढुंगेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले सात डोबाटोबाट पक्राउ गरेपछी यो उखान चरितार्थ भएको हो ।
फरार अपराधीको रुपमा घोषित माओवादी नेता ढुंगेललाई १२ वर्ष अघी जिल्ला अदालत ओखलढुंगाले सज्जनकुमार श्रेष्ठको हत्याकाण्डमा दोषि ठहर गर्दै जन्म कैदको फैसला गरेको थियो ।
ढुंगेललाई माओवादी नेताहरुको दबाबका कारण प्रहरीले पक्राउ गरेको थिएन । प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध अदालतको अवहेलनाको मुद्दा समेत परेको छ ।
काठमाडौ जिल्ला अदालतको आदेशले ढुंगेललाई सदर खोर डिल्लीबजार चलान गरिएको छ । अदालतका अनुसार ढुंगेल १२ वर्ष पाँच महिना २२ दिन जेल बस्नु पर्नेछ । ढुंगेलले पक्राउ परेपछी माओवादी भित्र खैलाबैला मच्चिएको छ ।
यसैवीच माओवादीले ढुंगेलको जीवन रक्षाको माग गरेको छ ।