Sorry, that menu does not exist.
 

काँग्रेसका उम्मेदवार जिताउन तरुणदलले बनायो यस्तो रणनीति

नारायण रिजाल, बागलुङ २०७४ कात्तिक १५ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुणदलले आफनो पार्टीका उमेदवारहरुलाई विययी बनाउन नयाँ रणनीति तय गरेको छ ।

बागलुङका २ प्रतिनिधि सभाका सदस्य र ४ प्रदेश सभाका सदस्यलाई बिजयी गराउनका लागि नेपाल तरुण दल बागलुङका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’को संयोजकत्वमा तरुण युवा परिचालन समिति गठन गरिएको छ ।

परिचालन समितिको सदस्यमा क्षेत्र नं. १ को (क) मा बिदुर भण्डारी, धुव्र खड्का, बिम्लेस आचार्य, महेन्द्र खड्का, र दिलबहादुर पराजुलीलाई तोकिएको छ । त्यसै गरी क्षेत्र नं. १ कै (ख) को लागि कृष्ण प्रसाद शर्मा, सिताराम रसाईली, दिपक रिजाल, भिम श्रीष र थमप्रसाद सुवेदी राज लाई तोकिएको जिल्ला अध्यक्ष उमाकान्त शर्मा, बाबुले ईबागलुङलाई बताए ।

त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा पनि तरुण युवा परिचालन गरिएको छ । दुई को (क) मा रेशम मल्ल, प्रदिप खरेल, दिपक आचार्य, र योगेश भण्डारीलाई तोकिएको छ भने दुई को ख अम्मर लोप्चन, देवन्द्र बुढा कृष्ण भण्डारी र कल्याण कायतलाई तोकिएको तरुण दल बागलुङले जनाएको छ ।

निर्वाचनमा लोकतन्त्रको पक्षमा काँग्रेसका उम्मेदवारलाई जिताउनका लागि आ–आफ्नो स्थानबाट खट्नका लागि जिल्ला कार्यसमितिले आग्रह गरेको छ ।
कुनै पनि कार्यकर्तालाई अपठ्यारो परेको बेला नेपाल तरुण दल जहाँ पहिन हाजिर हुन तयार र आफ्नो कार्यकर्तालाई कोही कसैसँग नडराई मताधिकारको प्रयोग गर्नका लागि तरुण युवाहरुले सधै साथ दिने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply