कौरब खत्री/मेघराज सापकोटा, बागलुङ २०७४ कात्तिक १५ । गल्कोट नगरपालिका वडा नंं ८ काँडेवासमा रहेको जनजागृति माध्यमिक विद्यालयको लागि गल्कोट नगरपालिक-९ रिस्मी निवासी हाल जापानमा होटेल व्यवसाय गरिरहेका समाजसेवी नन्दु सापकोटा र समाजसेवी यमलाल सापकोटाले जनही रु. ५ लाख १ सय ११ रुपैया गरी १० लाख २ सय २२ रुपैया आर्थिक सहयोग गरेका छन् ।
विद्यालयका भूतपूर्व विद्यार्थी समेत रहेका चन्दादाता सापकोटा व्दयले आफ्नो गाँउ ठाँउ र जन्मभूमिको शैक्षिक विकासलाई विदेशमा गएर कमाएको केहि अंश रकम सामाजिक क्षेत्रमा खर्चिनुले यो सबैका लागि प्रेरणादायी र उदाहरणीय कार्य भएकोले आर्थिक सहयोग गरेको बताएका छन ।
चन्दादाता सापकोटा व्दयलाई विद्यालयले धन्यवाद दिएको सोहि विद्यालयमा २०७१ सालमा ईलाईब्रेरी सन्चालनका लागी अर्थ संकलनका अभियन्ता सोम सापकोटाले ईबागलुङलाई जानकारी दिए ।
विद्यालयले आँउदो माघको १० देखि १४ सम्म विद्यालयले मनाउन गइरहेको हिरक महोत्सवलाई लक्षित गदै विद्यालयको स्तर उन्नतिका लागि गरिएको आर्थिक संकलन अभियान सन्चालन गरेको छ ।
यसैवीच जापानबाट सहकर्मी मेघराज सापकोटा (रिष्मेली मेघराज) ले दिएको जानकारी अनुसार बिद्यालयको लागि हालसम्म जापानमा रु २९ लाख ५२ हजार ७ सय ५६ रुपयाँ संकलन भैसकेको छ भने संकलन अभियान जारी रहेको छ ।
रिष्मेलीका अनुसार निम्नानुसा व्यक्तिहरुले तपसील अनुसारको रकम सहयोग गरेका छन् ।
कुमार सलामी १,०५,१११