कोपिला कंडेल, बागलुङ २०७४ कात्तिक १५ । आदीबासी जनजाति नेता एबं देशभक्त जनतान्त्रिक मोर्चाका प्रतिनिधी शभा निर्वाचनका समानुपातिक उम्मेद्वार डा. ओम गुरुङ्गले ठुला राजनीतिक दलले छरेका भ्रमहरुलाई चिरफार गर्नकालागि आफुहरुले निर्वाचनमा भाग लिएको बताएका छन् ।
उनंले नेकपा क्रान्तिकारी माओबादी लगायतको देशभक्त जनतान्त्रिक मोर्चा निर्माण गरेर मुलुकका अधिकांश क्षेत्रमा प्रदेश र प्रतिनिधी सभाको निर्वाचनका लागि उम्मेद्वारी दिएको बताए ।
जनतालाई भ्रम सृजना गर्नका लागि प्रजातान्त्रिक र बाम गठबन्धन बनेको भन्दै उनले आफुहरुले राष्ट्रियता जनतन्त्र र जनजीविकाको सवालमा मुद्दा उठाउनका लागि निर्वाचनमा भाग लिएको दाबी गरे । उनले जिते जनताको सेवा गर्ने र हारे क्रान्तिकारी पृष्ठभुमि तयार गरी पिछडिएको वर्ग र समुदायको हितको लागि काम गर्ने बताए । गरिब किसान मजदुर लगायत उत्पीडित जाति र समुदायको हकहितका लागि देशभक्त जनतान्त्रिक मोर्चाको मुठ्ठी चिन्हमा मतदान गर्न आग्रह गरे । कार्यक्रमको संचालन बिक्रम थापाले गरेका थिए ।