Sorry, that menu does not exist.
 

काठेखोलामा बामगठबन्धनको सम्पर्क कार्यालय स्थापना : आक्रामक प्रचारको तयारी !

रामबहादुर जीसी, बागलुङ, २०७४ कात्तिक १७ । समृद्धिका लागि बाम गठबन्धन भन्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गरेका बामपन्थी दलहरुले बागलुङको काँठेखोला गाउँपालिकामा सयुक्त निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेका छन् ।

शुक्रवार काठेखोला गाउपालिका वडा नं.२ अक्षेतेमा सम्पर्क कार्यालयको उद्घाटन निर्वाचन परिचालन कमिटि क्षेत्र नम्बर १ का संयोजक तथा पूर्व राज्यमन्त्री रामजीप्रसाद शर्माले गरेका थिए ।

गत स्थानीय निर्वाचनमा १५ सय मतको अग्रतामा गाउँपालिकामा स्पष्ट बहुमत सहित अध्यक्ष र उपाध्यक्षमा विजयी भएका बामपन्थी दलहरुले प्रदेशसभा र प्रतिनिधिसभामा स्थानीय निर्वाचनको भन्दा बढी मतको अन्तरमा विपक्षीलाई जित्ने गरी योजना निर्माण गरेको दावी गरेका छन् ।

बाम गठबन्धन निर्वाचन परिचालन कमिटि काठेखोलाको शुक्रवार बसेको वैठकले काठेखोला गाउँपालिकाबाट गत निर्वाचनमा भन्दा बढी मत बाम गठबन्धनका उमेदवारलाई ल्याउने प्रतिवद्धताका साथ दुई चरणको योजना बनाएको निर्वाचन परिचालन कमिटिका संयोजक डिल्लीराज गौतमले जानकारी दिए ।

पहिलो चरणमा प्रदेशसभाका उमेदवारसहितको अभियान कात्तिक १८ गतेदेखि २४ गतेसम्म र दोस्रो चरणको अभियान कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म सञ्चालन गरिने गौतमले बताउनुभयो । दोस्रो चरणको अभियानमा प्रदेशसभा र प्रतिनिधिसभाका उमेदवारहरु सहभागिता हुनेछन् ।

पहिलो चरणको कार्यक्रम अन्तरगत कात्तिक १८ गते काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखरा, १९ गते वडा नं. ३ धम्जा, २० गते वडा नं. ४ तंग्राम, २१ गते वडा नं. ५ बिहु, २२ गते वडा नं. ८ लेखानी, २३ गते वडा नं. ७ रेश र कात्तिक २४ गते वडा नं ६ बिहु र वडा नंं. १ पाला दोविल्लामा उमेदवारसहितको घरदैलो तथा चुनावी सभा गरिने जनाइएको छ ।

यसैबीच आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि संयुत्त वाम गठबन्धनले काँठेखोला गाउँपालिका–६ विहुँमा शुक्रवार सम्पर्क कार्यालय स्थापना गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply