Sorry, that menu does not exist.
 

नागरिकले पाउनु पर्ने स्वास्थ्य सेवाका लागि नगरपालिकाले गम्भीरतापूर्वक सोँच्न जरुरी – शर्मा

सुमन सुनार, बुर्तिवाङ २०७४ कात्तिक १७ । ढोरपाटन नगरपालिका वडा नं. १, २ र ३ लाई पुर्ण खोप युक्त वडा घोषणा गरिएको छ । स्थानिय स्रोतको उपयोग, स्वामित्व र सहभागीता, हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ आज एक कार्यक्रमको आयोजना गरी तिन वडा लाई पुर्ण खोपयुक्त वडा घोषणा गरिएको हो ।

तिनओटै वडामा रहेका १६ महिना देखी २३ महिना सम्मका सबै बालबालिकाहरु १५ महिना उमेर भित्र पाउनुपर्ने सम्पुर्ण खोपको मात्रा पुरा गरेको भन्दै ढोरपाटन नगरपालिका तथा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन तथा ब्यवस्थापन समितिको आयोजनामा उक्त कार्यक्रम गरि घोषणा गरिएको हो ।

ढोरपाटन नगरपालिका वडा नं. १ का अध्यक्ष चित्र बहादुर भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रमुख तथा बरिष्ठ स्वास्थ्य प्रशासक विनोद विन्दु शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रमुख तथा बरिष्ठ स्वास्थ्य प्रशासक शर्माले अत्याधिक जनसंख्या रहेको ढोरपाटन नगरपालिकाका कतिपय स्थानमा स्वास्थ्य मन्त्रालयले सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरे पनि स्वास्थ्यको उपस्थितीमात्रै रहेको बताए । नागरिकले पाउनु पर्ने स्वास्थ्य सेवा पाउन नसेको भन्दै त्यसको ब्यवस्थापनका लागी नगरपालिकाले गम्भिरताका साथ सोच्नु पर्ने उनको सल्लाहा थियो ।

कतिपय कुराहरुमा पहुचको आधारमा हुने भन्दै यस क्षेत्रलाई स्वास्थ्यको राम्रो पहुच सम्म पु¥याउन नगरपालिकाले नेतृत्व गर्नु पर्ने र त्यसमा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागले साथ दिन तयार रहेको शर्माले बताए ।

यस्तै शर्माले ढोरपाटन नगरपालिकामा स्वास्थ्य सेवा विकाश र स्वास्थ्य सेवालाई ब्यवस्थीत गर्नका लागी आफुले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउदै नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङलाई अस्पतालको रुपमा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागको तर्फ देखि विशेष पहल गर्ने विश्वास समेत दिलाए ।

त्यस्तै वडालाई पुर्णखोप युक्त वडा घोषणा गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख दिपक प्रसाद तिवारीले स्वस्थ्य रहनु सवै नागरिकका अधिकार भएको भन्दै बालबालिकालाई खोप बाट बन्चित नगराउन समुदायलाई आग्रह गरे । साथै तिवारीले घोषणा गर्नु र आज सम्मका बालबालीकाले पुर्ण रुपमा खोप पाउनु आफैमा एक उपलब्धी भए पनि आगामी दिनमा जन्मने बालबालिकालाई पनि पुर्ण रुपमा खोपको पहुचमा पु¥याउनु एक चुनौतीको रुपमा रहेको स्पष्ट पारे । यसलाई निरन्तर कायम राख्न सवै स्थानिय नागरिक थप सचेत हुन आवश्यक रहेको र स्वास्थ्य संस्था तथा नगरपालिकाले पनि महत्वपुर्ण भुमिका खेल्न आवश्यक रहेको उनको भनाई थियो ।

त्यस्तै ढोरपाटन नगरपालिकाका उप–प्रमुख करमती पुनले नगरपालिकाका अन्य वडाहरु पुर्ण खोपयुक्त वडा घोषणा भए पनि वडा नं. ७, ८ र ९ का बालबालीकाहरु त्यसको पहुचमा नभएको बताएकी थिईन । ढोरपाटन नगरपालिकाले विशेष गरि शिक्षा, स्वास्थ्यको विकासलाई बढि महत्व दिएको भन्दै उक्त वडाहरुलाई खोप तथा स्वास्थ्यको पहुचमा पु-याउन नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाईन ।

कार्यक्रममा अष्ट्रेलियन डाक्टर हेनरी, जिल्ला जनस्वास्थ्य कार्यालय बाग्लुङकी पब्लीक हेल्थ नर्स हरी कासी पालिखे, जिल्ला जनस्वास्थ्य कार्यालय बाग्लुङका कोल्डचेन असीस्टेन्ट विरेन्द्र चौधरी, हेल्थ असीस्टेन्ट चुडामणी कँडेल, प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका सञ्चालन तथा ब्यवस्थापन समिति उपाध्यक्ष ददिराम शर्मा, ब्यवस्थापन समितिका पुर्व अध्यक्ष कृष्ण भण्डारी, ब्यवस्थापन समिति सदस्य सिता कँडेल, नेपाली कांग्रेसका सालिकराम शर्मा, ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी सहायक निरिक्षक नारायण शर्मा, लगायत स्थानिय समाजसेवी, बुद्धिजिवि, तिन वटै वडाका महिला स्वयमसेवीका, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधी लगायतको विशेष उपस्थीती रहेको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख तिवारीले प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङलाई पुर्ण खोपउक्त सुनिश्चत प्रमाण प्रदान गरेका थिए । नगरपालिकाको तिन ओटै वडाका कुल ४ सय ६७ बालबालिकाहरुलाई पुर्ण खोप दिलाएपछि वडालाई पुर्ण खापयुक्त घोषणा गरिएको हो । वडा स्तरमा रहेका सम्पुर्ण सरकारी तथा गैरसरकारी संघसंस्था र स्थानिय जनताको सहभागीता रहेको ¥याली सहित बजार परिक्रमा पनि गरिएको थियो ।

कार्यक्रमकै अवसरमा पुर्ण खोपयुक्त वडाको रुपमा रुपान्तरण गर्न स्वास्थ्य स्वयमसेविकाहरुको महत्वपुर्ण भुमिका रहेको भन्दै तिन ओटै वडाका महिला स्वयं सेविकाहरुलाई फुलमाला र अविर लगाएर प्रमाण पत्र प्रदान गर्दै सम्मान समेत गरिएको थियो । यसैविच बालकालिकाहरुलाई सवै खोपहरुको पहुचमा पु¥याउन मद्धत गरेको भन्दै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा महिला स्वयम सेविकाहरुले स्वागत गीत र नृत्य प्रस्तुत गरेका थिए । विच विचमा बालबालिकाहरुले नृत्य समेत प्रस्तुत पनि गरेका थिए ।
प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका प्रमुख सुनिल कुमार जैसवालको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन स्वास्थ्य केन्द्रका सिनियर अहेव ऋतुवर्ण पौडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply