Sorry, that menu does not exist.
 

राजकुतका असन्तुष्ट काँग्रेसीहरु घर फर्किए : नर्सिङकोटलाई प्रर्यटकीय स्थल बनाउन पुन प्रतिवद्ध !

छबिलाल पाण्डे बुर्तिवाङ २०७४ कात्तिक १७ । नेपाली काँग्रेसको चुनावी कार्यक्रम आज शुक्रबार निसिखोला गाँउपालीकाको वडा नँ ७ राजकुतमा सम्पन्न भएको छ । यस कार्यक्रमलाई संवोधन गर्दै पूर्व सांसद एवं हाल क्षेत्र नं २ बाट प्रतिनिधी सभा सदस्यका उमेदवार नरबहादुर पुन निरजले बोल्दै शान्ति र बिकास चाहाने शतिm सँधै नेपाली काँग्रेस रोज्ने बताउँदै स्थानीय तहमा भएका गतिबिधीलाई हटाउँदै अब एकै स्थानमा सक्रिय रुपमा पार्टीलाई जिताउन स्थानीय नेता कार्यकर्तालाई आब्ह्वान गर्दे राजकुतको नर्सिङकोटलाई प्रर्यटकीय स्थल सँगै बिकास निर्माणमा महत्वपुर्ण स्थान दिने बताए ।

कार्यक्रममा पुर्व सांसद एवं समानुपातिक तहका उमेद्वार ज्ञानकुमारी छन्त्यालले बोल्दै राजकुत सम्भावना बोकेको क्षेत्र भएको बताउँदै निर्वाचन पछिको समय शान्ति सबिधान कार्यान्वयन र बिकास निर्माणको समय भएको बताउँदै नेपाली काँग्रेसको जित सँगै राजकुत र निसीखोलाले नँया मुहार फेर्ने बताएकी थिईन ।

त्यस्तै प्रदेश सभाका उमेद्वार जित शेरचनले बोल्दै समाज रुपान्तरण र लोकतन्त्रको आभास गर्नेका निम्ती जुनकुनै तवरबाट नेपाली काँग्रेसको जित आबस्यक रहेको बताउँदै आफुलाई मतदान गरेर यस क्षेत्रको बिकास निर्माण र शान्ति लोकतन्त्रको रक्षा गर्ने अभियानमा साथ दिन आग्रह गरे ।

आजको चुनावी सभामा गत बैसाखमा भएको स्थानीय तह चुनाबमा उमेद्वारीको बिषयमा नेपाली काँग्रेस पार्टी त्याग गर्दे स्वतन्त्र उमेद्वारी दिएका त्यस क्षेत्रका नेता कार्यकर्तालाई पुन नेपाली काँग्रेसमा फर्कार्ईएको छ ।

निसीखोला गाँउपालिकाको प्रमुखमा स्वतन्त्र उमेद्वारी दिएका नेपाली काँग्रेस जिल्ला सदस्य प्रकाश कुवँर सहित अन्य नेता कार्यक्रतालाई पहिलैकै पद र स्थानमा रहने सहमती भएसँगै आफुसहित नेपाली काँग्रेसमा आस्थावान राजकुतका सबै नेता कार्यक्रता नेपाली काँग्रेसमा फर्किएको जिल्ला सदस्य प्रकाश कुवँरले बताएका थिए ।

आफुहरु अब कुनै मतभेद नराखी पार्टीमा फर्किएको बताउँदै यस पटकको चुनाबमा १ हजार बढि मत नेपाली काँग्रेसलाई आउने गरी चुनाब प्रचार प्रसारलाई तिब्रता दिने प्रतिबद्धता साथ अगाडि बढ्ने उनले बताए ।

आज आयोजित कार्यक्रममा नेपाली काँग्रेस राजकुत ग्राम सभापती दिपक कुवँर (दिपु)को अध्यक्षता रहेको थियो भने पूर्व जिल्ला सदस्य गणेशबहादुर कुवँर, प्रकाश कुवँर लगाएतले बोलेका थिए । कार्यक्रममा राजेन्द्र श्रेष्ठको स्वागत पुर्व ग्राम पार्टी सभापती खिमबहादुर मल्लको सञ्चालनमा सम्पन्न भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply