Sorry, that menu does not exist.
 

धौलागिरी पोजेटिभ समुहको सरोकारवाला सँगको समन्वय बैठक सम्पन्न

नारायण रिजाल, बागलुङ, २०७४ कात्तिक २० । जिल्लामा एचआईभी संक्रमित र उनको परिवारलाई लक्षित गरी विभिन्न कार्यक्रम संचालन गर्दै आएको धौलागिरी पोजेटिभ समुहको सरोकारवाल सँगको समन्वय बैठक सम्पन्न भएको छ ।

बैठकमा धौलागिरी पोजेटिभ समुह र एनएपिएनको साझेदारी, ग्लोबल फण्ड अन्र्तगत सेभ द चिल्डेनको आर्थिक सहयोगमा संचालित सामुदायिक हेरचाह केन्द्रको बारेमा छलफल गरिएको थियो ।

पछिल्लो समयमा यस संस्थामा स्थापना भएको सामुदायिक हेरचाह केन्द्रमा सेवा लिनेको संख्यामा बृद्धि भएको संस्थाका अध्यक्ष चन्द्र बहादुर खत्रीले बताए । हेरचाह केन्द्रमा संक्रमितहरुलाई खान र वस्नको व्यवस्था गर्नुका साथै समय स्वास्थ्य जाँचका लागी अस्पताल सम्म पु¥याउने काम पनि गरिन्छ । खत्रीले भने, हामीले संस्थाको नियम अनुसार संक्रमित हरुलाई आवश्यक सल्लाह सुझाव दिनुका उनिहरुको स्वास्थ्य अवस्था घरमै गएर बुझने गर्दछौं ।
जिल्लामा एचआईभी संक्रमित बच्चाहरुका लागि सहयोग कार्यक्रम पनि संचालन गरिएको छ । उनिहरुको बास्तविक अवस्था पहिचाहन गरी बालबालिकाको विशेष ख्याल गर्नुका साथै पोषणका लागि मासिक १ हजार रुपमा सहयोग गरिने बताईएको छ । हाल उक्त सेवा लिने जिल्लामा १८ जना बालबालिका रहेको संस्थाका बित्त तथा कार्यक्रम अधिकृत चन्द्रकान्त आचार्यले बताए ।

२०६३ सालदेखी धौलागिरीको विभिन्न क्षेत्रमा काम गर्दै आएको यस संस्थाले हाल प्रवासी तथा उनिहरुको परिवारका व्यवहार परिवर्तन कार्यक्रम पनि बागलुङ संचालन गरेको छ । उक्त कार्यक्रम रोजगारीका लागि विभिन्न देशहरुमा गई फर्किएका र उनको परिवारलाई लक्षित गरिएको छ । हाल जिल्लाको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गल्कोट नगरपालिका र काठेखोला गाउँपालिकामा संचालन गरिएको संस्थाका कार्यक्रम अधिकृत गंगा शर्माले बनाईन ।

बैठकमा बोल्दै धौलागिरी अंचल अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डन्ट डाक्टर सागर कुमार राजभण्डारीले जिल्लामा एचआइभिको क्षेत्रमा काम गरेको यस संस्थाले संक्रमितहरु समक्ष पुग्न सकेको बताए । उनले प्रवासी र उनको परिवारको लागि व्यवहार परिवर्तन सम्बन्धि कार्यक्रमले अझ संक्रमितलाई समयमा नै सेवा लिनलाई आउन सहज बनाउने विश्वास व्यक्त गरे ।

बैठकमा प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापा, जिल्ला जनस्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारी लगायतका विभिन्न सरोकारवालहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन जिल्ला जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ सुपरभाईजर देवप्रकाश घिमिरेले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply