बागलुङ २०७४ कात्तिक २३ । नेपाली सेनाले कालीगण्डकी कोरिडोरको ट्रयाक खोले पछी स्याँग्जा, पर्वत र गुल्मीको सीमानामा रहेको कालीगण्डकी ए जलविद्यूत आयोजनाको जलासय मिर्मीमा जल विहार गर्नेहरुको ताँती लाग्न सुरु भएको छ ।
कालीगण्डकी कोरिडोरको निर्माण पछी प्राय दिनहुँ जसो मिर्मीमा जलविहार गर्न पुग्ने आन्तरिक पर्यटकहरुको संख्या ह्वात्तै बढेको छ । बिदाको दिनमा त बागलुङ जिल्लाका विभिन्न भागहरुबाट कालीगण्की जलासयमा स्टिमरबाट जलविहार गर्न जानेहरुको ताँतीनै लाग्छ ।
गएको शनिवार बागलुङ सदरमुकामदेखी मिर्मि जाने आन्तरिक पर्यटकहरुको संख्या लोभलाग्दो थियो । कालीगण्डकी कोरिडोर हुँदै मिर्मी सम्मको यात्रानुभव निकै रोमान्चकारी रहेको यात्रामा सहभागीहरुले बताएका छन् ।