Sorry, that menu does not exist.
 

लिफ्ट मार्फत एक बर्षमै घर–घरमा खानेपानी : १ सय ६९ घरधुरी लाभान्वित हुने !

कौरव खत्री, गुल्मी २०७४ कात्तिक २४ । गुल्मीमा पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई योजना मार्फत सञ्चालन हुन लागेको छोरधारा बाङ्गे लिफ्ट खानेपानी तथा सरसफाई योजना अन्तर्गत खानेपानीको निर्माण कार्य तिव्रगतिमा अगाडी बढेको छ ।

मुसिकोट नगरपालिका १ अन्तर्गत बाङ्गे,अमराई लगायतका स्थानहरुमा बर्षोदेखि खानेपानी समस्या भागिरहेक बासिन्दाहरुलाई अव भने एक बर्ष भित्रमै पश्चिम नेपाल ग्रामिण खानेपानी सरसफाई परियोजना मार्फत छोरधारा बाङ्गेको मुलको पानीलाई ३ सय ९२ मिटर माथि तानेर र लिफ्ट गरेर झिल्के पोखरीमा संकलन गरेर खानेपानी वितरण हुने मुनपाका वास संयोजक राम बहादुर कुवरले ईबागलुङलाई बताए ।

साथै परियोजनाका प्रतिनिधि समेत रहेका इन्जिनियर मिन बहादुर बस्नेतले उपभोक्क्ताहरुको भेलामा प्रथम सार्वजनिक परिक्षणको अन्तक्रिया गरि योजनाको संरचना सामाजिक, आर्थिक, भौतिक र प्राविधिक पक्षका बारेमा सम्पूर्ण कार्य विवरण सहित सार्वजनिक परिक्षण गरेका थिए ।

यस्तै पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई योजनाका प्राविधिक सहजकर्ता सुरेन्द्र सामन्तले लागत खर्च तथा निर्माण कार्यका बारेमा भेलामा जानकारी गराएका थिए ।

यहि मंसिर १ गते देखि निर्माण कार्य थालनी गरि आँउदो २०७५ कात्तिक मसान्तभित्र खानेपानी योजना निर्माण सम्पन्न गर्ने लक्ष्य सहित नेपाल सरकार र फिनल्याण्ड सरकारको ३६÷३६ प्रतिशत, मुसिकोट नगरपालिकाको १० प्रतिशत, उपभोक्क्तहरु श्रम १७ प्रतिशत र नगद १ प्रतिशत सहित संयुक्त रुपमा कुल १ करोड,३५ लाख, ३ हजार,३सय,३३ रुपैयाको आर्थिक लगानीमा योजना निर्माण गर्न लागिएको मुनपाका वास संयोजक कुँवरले जानकारी दिए ।

साथै छोरधारा बाङ्गे लिफ्ट खानेपानी तथा सरसफाई योजनाको प्रथम सार्वजनिक परिक्षण मार्फत अन्तरक्रियामा योजनाका सचिव देवेन्द्र गुरुङ्गले छोरधारा बाङ्गे लिफ्ट खानेपानी तथा सरसफाई योजनाको कार्य विवरणको सामुदायिक कार्य योजना प्रस्तुत गरेका थिए ।

उक्क्त पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई योजना मार्फत सञ्चालित छोरधारा बाङ्गे लिफ्ट खानेपानी तथा सरसफाई योजना मार्फत १ सय ६९ घरधुरीका ८ सय ८७ जनसंख्या र भगवती निमावि र छत्रभूमि बोडिङ्ग स्कुल, स्वास्थ्य चौकी, प्रहरी चौकी, वडा कार्यालय समेतका संस्थाहरु खानेपानीबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने वास संयोजक कुँवरले जानकारी दिए ।

बर्षौँदेखिको खानेपानीबाट समस्या भोगिरहेका उपभोक्क्ताहरु अव भने एक बर्षमै घर घरमा खानेपानी आउने भएपछि यस क्षेत्रका बासिन्दाहरु निकै खुसी भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply