कृष्ण कँडेल, बागलुङ २०७३ माघ १७ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनकोे प्रस्तावित ढोरपाटन नगरपालिका स्तरिय भेला सोमबार बुर्तिबाङमा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय सदस्य रतन मलेपतीले स्वाधीन अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय उद्योगि व्यापारी संगठित भएर अघि बढ्नुपर्ने बताए । उनले स्वदेशी उत्पादनलाई प्रबद्र्धन गरेरमात्र राष्ट्रिय स्वाधिनता सहितको स्वाभिमान बचाउन सकिने भन्दै समृद्ध नेपाल निर्माण गर्न उद्योगि व्यवसायी जुट्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा संगठनका केन्द्रिय पार्षद राजबहादुर थापा, प्रदेश नम्बर–४ का सदस्य अर्जुन चोखाल र जिल्ला सहसंयोजक बाबु डियर हमालले जिल्ला भित्रका प्रस्तावित १० ओटै पालिकामा संगठन विस्तार गर्दै स्वाधीन अर्थतन्त्र निर्माणमा उद्योगी व्यवसायीलाई सहभागी गराउने अभियानमा लागेको बताए ।
सो अवसरमा नेकपा एमालेका टंक पौडेल, माओवादी केन्द्रका तुल्सीराम आर्याल र राजेन्द्र कुँवर, नेकपा क्रान्तिकारी माओवादीका निलबहादुर पुन, निर्माण व्यवसायी थमप्रकाश पुन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
भेलाले चित्रबहादुर भण्डारीको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा चिन्तामणी सापकोटा, सचिवमा फारमबहादुर कुँवर, सहसचिवमा पुरन लामा र कोषाध्यक्ष लक्ष्मी बानियाँ रहेका छन् ।
सदस्यमा दलबहादुर भण्डारी, हेमप्रसाद विक, तेजेन्द्र केसी, जोगबहादुर विक, कृष्ण खरेल, भिम भण्डारी, जीतबहादुर कुँवर, दुर्गा पौडेल, ऋषिराम गौतम, रामप्रसाद ढकाल, होमबहादुर विक, सुवास विक, त्रिदेवि छन्त्याल, सुशिल परियार लगायत राखिएको छ ।
भेलामा तुल्सीराम आर्यालको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति र लक्ष्मी बानियाँको संयोजकत्वमा महिला उद्यामी समिति गठन भएको छ । भेला चित्र भण्डारीको अध्यक्षता, फारमबहादुर कुँवरको स्वागत मन्तव्य र चन्द्र अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।
यस्तै प्रेस सेन्टर नेपालको आज बुर्तिबाङमा भएको भेलले कृष्ण कँडेलको संयोजकत्वमा ११ सदस्यीय बुर्तिबाङ ईकाई समिति गठन गरेको छ ।
समितिको सचिवमा विमल खड्का र सदस्यमा सुजन नेपाली, अनिलकुमार विश्वकर्मा, झम श्रीपाली, सुरेन्द्र पुन र टंक पौडेल रहेका छन् । ४ सदस्य पछि थपिने प्रेस सेन्टरले जनाएको छ ।
चन्द्र अर्याललको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । भेलामा बोल्दै प्रेस सेन्टर बागलुङका सल्लाहकार राजबहादुर थापाले कलम र आवाज मार्फत समाज परिवर्तनको पक्षमा पैरवी गर्नु क्रान्तिकारी पत्रकारहरुको दायित्व भएको भन्दै त्यस तर्फ लाग्न आग्रह गरेकाथिए । भेला कृष्ण कँडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
ालीले दिनभर मोबाईलमा फेसबुक चलाएर दिन काट्छिन्