Sorry, that menu does not exist.
 

मेरो पहलमा आएको कालीगण्डकी करिडोरको काम पुरा गर्न म उम्मेद्धार खडा भएको हुँः लम्साल

माधव पराजुली पर्वत २०७४ कात्तिक २६ । नेकपा एमालेका पुर्व सांसद एवं प्रदेश सभाका उम्मेद्वार विकास लम्सालले समृद्ध र विकासोन्मुख पर्वतका साथै समग्र प्रदेशको कुनै एक नेतृत्व गर्ने परिकल्पनासहित आफूले प्रदेश सभाको लागी पर्वत क्षेत्र नं. २ बाट उम्मेद्वारी दिएको बताएका छन् ।

आइतबार बाच्छा र पाङग्राममा आयोजित चुनावी प्रचार प्रसारको कार्यक्रमा उनले पर्वत क्षेत्र नं. २ को विकास गर्ने जिम्मा नै आफ्नो रहेकाले आफुले बाचा गरेका विकास योजनाहरु अपुरो रहेकोले यस क्षत्र लाई समृद्धिमार्फत् देशमा एउटा नयाँ सन्देश दिनका साथु समग्र प्रदेश ४ को नेतृत्व लिने गरी जनता माझ आएको बताए । “अब पर्वत क्षेत्र नं. २ का सबै सडकहरु कालोपत्रे हुनेछन, यस क्षेत्रका गरिब अति बिपन्न तथा माझी परिवारका समस्या समाधानका लागि बैकल्पिक व्यवस्था गरिनेछ लम्सालकोे भनाई थियो ।

आफ्नो सांसद कालमा आफुले पहल गरेर ल्याएको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी राजर्माग (करिडोर)मा काम भईरहेको जानकारी गराउदै अबको १ बर्ष भित्रमा कालीगण्डकी राजमार्गको काम सकिने र यस क्षेत्रका बासीन्दाको दैनिकी फेरिने समेत उनले बताए । अब सुनौली तपाई ४ घण्टामै पुग्नुहुन्छ यस लोकमार्गको काम पुरा गर्न तथा उद्धार गर्न पनि म यस क्षत्र बाट उम्मेदवार खडा भएको हुँ लम्सालले भने ।

पर्वत क्षेत्र नं. २ पर्यटकीय दृष्टीकोणले प्रचार सम्भावना बोकेको क्षेत्र रहेकोले यस क्षेत्रलाई पर्यटकीय विकास गरिने बताउदै लम्सालले पर्यटन, शिक्षा, स्वास्थ्य, जलविद्युतका सम्भावनाहरुलाई प्रचुर मात्रामा प्रयोग गरिने स्पष्ट पारे । उनले यस क्षेत्रमा नमुना काम गर्ने अठोट व्यक्त गर्दै बेरोजगार युवालाई कृषि पर्यटन,उधोग,उर्जा लगाएतको माध्यम बाट स्वरोजगार प्रदान गर्दै अर्थीक समृद्धि हासील गर्ने बताए ।

कार्यक्रममा नेकपा माओवादीका पोलिटव्यूरो सदस्य गगन कुमार.थापा प्रदिप, फलेवास नगर प्रमुख एवं एमाले जिल्ला सचिब पदमपाणी शर्मा, पुर्व एमाले जिल्ला अध्यक्ष मोती प्रसाद पौडेल, एमाले लेखा आयोगका सदस्य हरि कुमार श्रेष्ठ लगाएतले बोलेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply