कमल पौडेल/गुमानसिँह भण्डारी, गल्कोट २०७४ कात्तिक ३० । बामगठबन्धनका नेता त्रयको गल्कोट हटिया बजारमा भव्य स्वागत गरिएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीव्दारा हटिया बजारमा आयोजित बृहत् आमसभालाई सम्वोधन गर्ने क्रम जारी रहेको छ । कार्यक्रम हटिया बजारको गल्कोट बहुमुखी क्याम्पस प्रांगणमा जारी छ ।
बाम एकतालाई देखेर कांग्रेस अत्तालियो : केसी
हटियामा आयोजित वृहत् आमसभालाइ सम्वोधन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसिले बाम एकता तथा गठबन्धन देखर नेपाली कांग्रेस अत्तालिएको बताएका छन् ।
गल्कोटमा नेकपा एमाले, नेकपा माओबादी केन्द्र तथा राष्टिय जनमोर्चा सम्बद्ध बाम गठबन्धनले आयोजना गरेको ऐतिहासिक जनसभामा बोल्दै केसीले नेपाली जनताको ढुकुटीबाट निर्वाचनको समयमा नेपाली कांग्रेसले पाईप बितरण गरेको आरोप लगाउदै निर्बाचनमा मतदातालाई आफ्नो पक्षमा पार्नको लागी लोभ देखाएकेो बताए ।
केसीले भने यहि बेलामा नेपाली कांग्रेसका साथीहरुले गलकोटमा पाईप बाढ्ने, बाटोमा डोजर घुमाउने, आफु अनुकुलका कर्मचारी सरुबा गर्ने तथा नियुक्त गर्ने गरेको आरोप लगाउदै नेपाली जनताको ढुकुटि रित्यायर भोट किनेको जिकिर गरे । ।
उनले प्रजातन्त्रको ब्याख्या गर्ने पार्टीले निर्बाचन आचार सहिता बिपरितका काम गर्दा मौन बस्नु, निर्बाचनको संघारमा मन्त्रीमण्डल बिस्तार गर्नु प्रजातन्त्रको उपहास भएको आरोप लगाउदैे लोकतन्त्रलाई ध्बस्त पार्नेकाम नेपाली कांगेसले गरेको किटान गरे ।
उनले कम्युनिष्टबाट भएको गल्तीलाई भन्न नसकेर नेपाली कांग्रेसले यो चुनाबमा देश, जनताको रक्षा, सार्बभौम राष्ट्रियता रक्षा नगरी देशको राष्ट्रियता र सार्बभैमीकता माथी सौदाबाजी गरेर यो चुनाबमा जसरी पनि जित्ने दाउमा रहेको बर्ताए ।
छिमेकीलाई नेपालको संबिधान स्वीकार्य नभएकाले नेपाली कांग्रेसले जसरिपनि बहुमत ल्याएर संशोधन गरेर खुसी पार्ने काममा उद्दत रहेको बताए । केसीले स्थायी सरकार चलाउनको लागी कम्युनिष्ट पार्टीलाई भोट दिन आग्रह गरे ।
डाइनामिक राष्ट्रिय जनमोर्चालाई रातो कार्पेट विच्छाएर आफैले सरकारमा पुर्याएको हुँ – ओली
नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले आसन्न निर्वाचनमा वहुमत सहितको सरकार वनाएर देशलाई सम्वृद्ध वनाउने उद्घोष गरेका गरेका छन्। आज बागलुङको गलकोट हटियामा संयुक्त वाम गठवन्धनको चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले काग्रेसको चर्को आलोचना गर्दै पूर्व पश्चिम रेल चलाउने वताए ।
ढोरपाटनको पर्यटन, बागलुङमा वगेका खोला नालाको उचित सम्बद्र्धन गरिने भन्दै ओलीले देश वाट ५ वर्ष मै अविकास र पछौटेपनको अन्त्यहुने ठोकुवा गरे । माओवादी केन्द्र र एमाले चुनाव पछि एउटै पार्टी वन्ने भन्दै ओलीले साना वाम पन्थी दलहरुपनि एकिकृत हुनु पर्ने वताए । चित्र वहादुर केसी तर्फ लक्षित गर्दै ओलीले डाइनामिक राष्ट्रिय जनमोर्चालाई आफैले सरकारमा पुर्याएको र एकताको लागी आफुले रातो कार्पेट ओछ्याएर स्वागत गरिरहेको भन्दै थप छलफल गर्ने वताए ।
शक्तिशालि कम्यूनिष्ट केन्द्र वनाउने अभियानमा समाहित हुन प्रचण्डको आह्वान
त्यस्तै सोहि कार्यक्रममा वोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थीको वलियो स्थानिय, प्रदेश र केन्द्रिय सरकार वनाएर देशको मुहार फेर्ने वताएका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले चित्र वहादुरको प्रशंसा गर्दै शक्तिशालि कम्यूनिष्ट केन्द्र वनाउने अभियानमा समाहित हुन आह्वान गरे ।
इतिहास रच्ने मौका आफूहरुलाई भएको भन्दै दाहालले चुनाव मात्रै जितेर नपुग्ने भएकोले अत्याधिक वहुमत दिन मतदातालाई आग्रह गरे ।
नौमहिने सरकारले वाक्क भएको भन्दै स्थिर सरकार र सम्वृद्धि खोज्ने यो नौलो अवसर भएको भन्दै ऐतिहासिक अवसर नगुमाई देशलाई समाजवादी युगमा लैजाने प्रतिवद्धता समेत गरेका छन्। राष्ट्रियता, स्वाधिनता र सम्वृद्धिलाई एकसाथ अगाडि वढाई संसारलाई समाजवादको नयाँ मोडल दिने घोषणा गरेका छन्। वुढी गण्डकी जलासय युक्त आयोजनाको खारेज गरेर शेर वहादुर देउवाले आफ्नो छवि उदाङ्गो पारेको दाहालले आरोप लगाए । काग्रेस विकास विरोधी हो भन्ने पुष्टी गरेको भन्दै चुनावको मुखैमा डोजर नचलाउन चेतावनी समेत दिए ।
सो सभामा पूर्व मन्त्री लगाएत उमेद्वारहरुले सम्बोधन गरेका थिए ।