Sorry, that menu does not exist.
 

रिघामा नेपाली काँग्रेसको सभा : बिकट क्षेत्रबाट बिकास योजना थालनी गरिने निरज पुनको प्रतिवद्धता !

छविलाल पाण्डे, बर्तिवाङ २०७४ कात्तिक ३० । नेपाली कांग्रेसको चुनावी सभा बिहिबार गल्कोट नगरपालिका वडा नं ११ रिघामा सम्पन्न भएको छ । क्षेत्र नं २ अन्तरगत आजको सभालाई सम्बोधन गर्दै प्रतिनीधि सभा उमेद्वार नरबहादुर पुन निरजले रिघा, पाण्डबखानी, सिसाखानी लगाएत आसपासको क्षेत्र आफनो जन्मस्थल भएका कारण बिगतको समयदेखि हालसम्म आफुले धेरै बिकास निर्माणका योजना अगाडि बढाईसकेको बताउदै अबको निर्वाचनमा आफनो जित भएसँगै ग्रामिण क्षेत्रको बिकासलाई पहिलो प्राथमिकता दिएर अगाडि बढ्ने बताए ।

अझैपनी भौगोलिक समस्याका कारण खानेपानी, स्वास्थ्य, शिक्षा, सञ्चार , यातायातको पहुँच पुरा नभएको बताउदै सबै जनतालाई समान रुपले ब्यबहार गर्दे पिछडिएको क्षेत्रको बिकासमा आफुले प्राथमिकता दिएर अगाडि बद्ने बताउदै आफुलाई र नेपाली कांग्रेसपार्टीलाई जिताउने महान अभियानमा साथ दिन मतदातालाई आग्रह गरे ।

कार्यक्रममा प्रदेश सभा क उमेद्वार मञ्जेशवम मल्ल, क्षेत्रिय सभापती दोर्णकुमार कुवर, जिल्ला समिती सदस्य रामप्रसाद बिक, नेपाल शिक्षक सँघ केन्द्यि प्रतिनिधी देबेन्द्र खत्रि, निर्वाचन परिचालन समिती क सम्योजक फमबहादुर खत्रि लगाएतले बोल्दै शान्ति, लोकतन्त्रको रक्षा र बिकास निर्माण सँगै सँबिधानको कार्यान्यनका निम्ती नेपाली कांग्रेसका उमेदवारलाई बिजयी गराउन अपिल गरे ।

कार्यक्रम नेपाली कांग्रेस रिघाका सभापती चन्द्रबहादुर श्रीसको अध्यक्षता मनोज पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

त्यस्तै प्रदेश सभा ख उमेदवार जित शेरचन सहित पुर्व महाधिबेशन प्रतिनिधी अजुर्न शेरचन लगाएतको टोलीद्धारा निसीखोला गाउपालिकाको बिभिन्न स्थानमा घरदैलो कार्यक्रम गरीएको छ ।

नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय बागलङले दिएको जानकारी अनुसार नेपाली काँग्रेसको चुनावी प्रचार तथा घरदैलो कार्यक्रम काठेखोला गापा—४ को फापरखेत ,५ को रिजाल चोक, गणेश चोक, कर्लिम, ८ को लेखानीमा चुनावी प्रचार तथा घरदैलो अभियान तथा चुनावी आमसभा सम्पन्न भएको छ । सो अवसरमा नेपाली काग्रेसका केन्द्रिय सदस्य रत्ना शेरचनले काठेखोला गाउँपालिकालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नेपाली काग्रेसले ठोस योजना बनाएर अगाडी बढ्ने बताएकी छन ।
त्यस्तै क्षेत्र नं १ का प्रतिनिधी सभा उम्मेद्वार चम्पादेवी खड्काले समृद्ध काठेखोला निर्माणमा आफु लागि पर्ने त्यस्का लागि यहाँका जनताहरुले नेपाली काग्रेसको रुख चिह्नमा मतदान गरी विजयी गराउन आग्रह गरिन् ।

त्यस्तै क्षेत्र नं १ (१) का प्रदेश सभा उम्मेद्वार दिपेन्द्रबहादुर थापाले यहाँको विकासका नेपाली काग्रेसले मात्रै गर्न सक्ने भएकाले रुख चिह्नमा मतदान गरी जिताउन आग्रह गरे ।

त्यस्तै नेपाली काग्रेस प्रदेश नं ४ का समानुपातिक उम्मेद्वार मणिभद्र शर्मा कडेँलले समग्र प्रदेश र बागलुङको क्षेत्र नं १ को विकास निर्माण, पर्यटन र कृषिका माध्यमबाट आर्थिक रुपमा समृद्ध बनाउन आफुले पहल गर्ने बताए । उनले त्यस्का लागि आफुलाई मतदान गरी आफुलाई जिताउन आग्रह गरे । प्रदेश सभा समानुपातिक उम्मेद्वारह कोपिला बोहरा, आमन्त्रित केन्द्रिय सदस्य तथा प्रदेश समानुपतिक उममेद्वार कुमार खड्का, राप्रपाको केन्द्रिय उपाध्यक्ष तथा प्रतिनिधी सभा समानुपातिक उम्मेद्वार दिलविकास राजभण्डारी, समानुपातिक राप्रपा कृष्णा शेरचन, राप्रपा केन्द्रिय सदस्य देवीलाल शर्मा, पूर्व सभापति हरिप्रसाद श्रेष्ठ, बरिष्ठ अधिवक्ता कृष्ण शर्मा न्युरे, लेखानीका पूर्व गाविस अध्यक्ष दिलबहादुर छन्त्याल, नेपाली काग्रेस पार्टी सदस्य रनबहादुर पुन, नेपाली काग्रेसका तिलक श्रीस लगायतले नेपाली काग्रेसका उम्मेद्वाहरुलाई जिताउन आग्रह गरेका थिए ।

नेपाली काग्रेस काठेखोला—८ का सभापति काशिराम कडेँलको अध्यक्षता सम्पन्न कार्यक्रमको स्वागत गाउँ कमिटी सहसचिव मुमबहादुर बुढा रोका र संचालन गाउँ सचिव चन्द्रकुमार पुनले गरेका थिए ।

नेपाली काग्रेस काठेखोला गाउँपालिका—१ पालमा चुनाव परिचालन समिति गठन भएको छ । सो अवसरमा राजु परियार संयोजकत्वमा ५५ सदस्यीय युवा परिचालन, गम्भिरा थापाको संयोजकत्वमा ५१ सदस्यीय महिला परिचालन समिति,प्रभा थापाको संयोजकत्वमा १३ सदस्यीय मतदाता शिक्षा समिती गठन, रनबहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय मतदाता सर्वेक्षण् समिति गठन गरिएको छ । काठेखोला गापा—१ का अध्यक्ष खड्क थापाको अध्यक्षता, र सचिव रनबहादुरथापाको संचालन भएको थियो । आगामी २ गते अगुवा कार्यक्रर्ताका प्रशिक्षण हुने बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply