Sorry, that menu does not exist.
 

पाँचौ पर्वत महोत्सव, औद्योगिक व्यापार मेला नभएर बन्दैछ लोक दोहोरी भेला !

महेन्द्र केसी, पर्वत २०७३ माघ १७ । पाँचौ पर्वत महोत्सवको चौथो दिनसम्म १६ हजार दर्शकले अबलोकन गरेको आयोजकले बताएको छ । माघ १३ देखि शुरु भएको पाँचौ पर्वत महोत्सव झरी र बर्षाका कारण प्रभावित बनेपछि सोच अनुसारको दर्शक भित्रिन सकेका छैनन । जिल्ला बाहेक अन्यन्त्र जिल्ला बागलुङ, म्याग्दी, कास्की सम्मका दर्शक आएको भनिएता पनि दर्शकको संख्या हेर्दा दर्शक महोत्सवमा भित्रिन सकेको देखिदैन । महोत्सव आयोजक समितिले महोत्सवमा २ लाख दर्शक भित्राउने र ४ करोडको कारोबार गर्ने दाबी गर्दै आएको छ । तर महोत्सवको आधा समय वित्दा पनि १६ हजार दर्शक भित्रनुको कारण बारे आयोजक मौन छन् ।

पाँचौ दिनमा दर्जन भन्दा बढी कलाकारहरुले आफ्नो प्रस्तुती दर्शक समक्ष पेस गरे । आज गायक पशुपति शर्माले पनि खासै कमाल गरेनन् । दर्शकहरु हिँजै अघाई सकेका रहेछन् । चौथो दिनमा प्रजापति शर्मालाई जस्तो वाहवाह र ताली भने आज बजेन । उनको प्रस्तुती कमजोर भएर हो या साउण्ड सिस्टममा कुनै खराबी भएर हो दर्शकले चर्चित लोक दोहोरी गायक शर्मा खासै स्टेजमा जम्न सकेनन् ।

त्यस्तै कार्यक्रममा कृष्ण देवकोटा, कुमार पुन, मञ्जु विक, सिता परियार, कृष्ण जिसी, किरण थापा, अर्जुन थापा, रेणु पुन लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती देखाए तर दर्शकको मन उनीहरुले पनि जित्न सकेको देखिएन ।

हेर्दा लाग्थ्यो पर्वत महोत्सव औद्योगिक व्यापार मेला नभएर नाँच्ने, गाउने, उफ्रने लोकदोहोरी भेला हो ।

महोत्सव आयोजक समितिले महोत्सवमा अस्ट्रिच, ऊट र चौरी गाई प्रदर्शनी तथा प्याराग्लाइीडङ र ¥याफ्टिङ गर्ने भनिएता पनि अझैसम्म ती चिजहरु महोत्सवस्थलमा ल्याईपुयाईएको छैन । आज अमलाचौरका एक माहुरी किसानले दर्शकको आकर्षण केन्द्र बने ।

स्थानीय एक समाचार पत्रले महोत्सवमा ऊट, चौरी र अस्ट्रिच प्रदर्शनीमा राखिएको र दर्शकहरुको उल्लेखनीय संख्याले हेरेको उल्लेख छ । तर आयोजकले आफूले त्यस्तो कसैलाई पनि जानकारी नदिएको र हालसम्म कुनै पनि जनवारहरु नआएको बताएका छन् ।

आयोजकहरुले मनपरी पास (प्रवेश पत्र) बाँडेपछी पैसा तिरेर महोत्सव स्थलमा पस्ने दर्शकहरु भन्दा आयोजकका परिवार जन, आफन्तहरु बढी मात्रामा प्रवेश गरेको देखिन्थे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply