Sorry, that menu does not exist.
 

युवाहरुलाई स्वतन्त्रता सहितको लोकतान्त्रिक समाज काँग्रेसले मात्र दिन सक्छ : पौडेल

जैमिनी नगरपालिका वडा नम्बर १० राङखानी नान्दुकको सिंगो गाउँ नै नेपाली काँग्रेसमा प्रवेश !

नारायण रिजाल, बागलुङ २०७४ मंसिर २ । यही मंसिर १० गते हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा नेपाली काँग्रेसको चुनावी अभियानलाई पनि तित्र्र पारिएको छ । शनिबार जिल्लाको दमेक, पैयुँथन्थाप हुँदै राङखानीमा घरदैलो अभियान तथा चुनावी सभा सम्पन्न भएको छ ।

सो अभियान अन्र्तगत राङखानीमा काँग्रेसको पक्षमा जनलहर पनि निकै बढ्दै गएकोे छ । चुनाव मिति नजिकिँदै गर्दा काँग्रेसमा प्रवेश गर्नेको पनि लहर लागेको छ । शनिबार जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर १० राङखानी नान्दुकको सिंगो गाउँ नै नेपाली काँग्रेसमा प्रवेश गरेको छ ।

साविकको राङखानी गाविस वडा नं. ३ नान्दुकका वीरेन्द्र पुनको नेतृत्वमा ७० भन्दा बढि युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन । नव प्रवेशीहरुलाई बागलुङ क्षेत्र नं १ प्रदेश २ का उम्मेदवार तथा निवर्तमान सांसद प्रकाश शर्मा पौडेललले नेपाली काँग्रेसको सदस्यता प्रदान गर्नुका साथै टिका र माला खादा लगाएर स्वागत गरेका थिए ।

गाउँको विकास र युवाहरुको भावना काँग्रेसले मात्र बुझन सक्ने देखेर हामी काँग्रेसमा प्रवेश गरेका हुँ नव प्रवेशी युवा वीरेन्द्र पुनले भने । उनी सहित, साजन काउचा, ललित काउचा, बिजय श्रीष, मिलन पुन, मदन श्रीष, फणिन्द्र पुन, तेजेन्द्र पुन लखन थापा, कमल पुन, प्रतिभा काउचा, रञ्जना श्रीष लगायतका युवाहरु आफ्नो परिवार सहित नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाल विद्याथी संघका केन्द्रिय सहमहामन्त्री हरिहर शर्माले जानकारी दिए ।

उनिहरु राष्ट्रिय जनमोर्चा, नेकपा माओबादी केन्द्र र एमाले बाट प्रवेश गरेका हुन । सभालाई सम्बोधन गर्दै काँग्रेसका प्रदेश सभाका उम्मेदवार प्रकाश शर्मा पौडेलले युवाहरुलाई स्वतन्त्रता सहितको लोकतान्त्रिक समाज काँग्रेसले मात्र दिन सक्ने हुँदा आगामी निर्वाचनमा काँग्रेसको पक्षमा जनलहर आउने बताए । उनले अबको दिनमा स्थानिय स्तरमा गाँउको विकास पनि युवाहरुको नेतृत्वमा हुन जरुर रहेको भन्दै सबै जिम्मा यहाँका युवाहरुले लिनपर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य तथा प्रचार प्रसार संयोजक हरि आचार्य, जिल्ला सदस्य पदम पुन, क्षेत्रीय सभापति नारायण शर्मा पौडेल, नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष सागर परियार, सहमहामन्त्री हरिहर शर्मा, नेपाल तरुण दलका क्षेत्रीय सभापति दल श्रीष राना, जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष पदका प्रत्यासी युवा नेता लक्ष्मण आचार्य, नवप्रवेशी नेता वीरेन्द्र पुन, नेविसंघका नेता पुरन श्रीष, दलित संघका जिल्ला सदस्य लिला वि.क. धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु सचिव विष्णुराज पौडेल लगायतले अबको विकास काँग्रेसले मात्र गर्न सक्ने हुँदा नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्न आग्रह गरेका थिए ।

कार्यक्रम वडा अध्यक्षका प्रत्यासी चन्द्र बहादुर श्रीषको अध्यक्षता स्थानीय समाजसेवी दलबहादुर श्रीषको संचालनमा सम्पन्न भएको थियो । त्यसै गरी शनिबार नै जैमिनी नगरपालिका ४ सर्कुवाका नगेन्द्र थापा र सिद्धिनाथ सुवेदी सहिति १ दर्जन भन्दा बडि कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन । उनिहरु राष्ट्रिय जनमोर्चा परित्याग गरी काँग्रेसमा प्रवेश गरेका हुन । सर्कुवा राजमोका उम्मेदवार कृष्ण थापाको आफ्नै गाँउ भएता पनि उक्त स्थानमा काँग्रेसमा प्रवेश गर्नेको लहर चलेको सर्कुवा काँग्रेसले जनाएको छ ।

काँग्रेसको चुनावी रणनीति सम्बन्धी प्रशिक्षण

नेपाली कांग्रेस काठेखोला गाउँपालिकाका अगुवा कर्याकर्तालाई चुनावी रणनीति सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस काठेखोला गाउँपालिकाको आयोजनामा भएको चुनावी रणनीति सम्बन्धी प्रशिक्षण कार्यक्रममा सहजीकरण गर्दै नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य एवं क्षेत्र नम्बर १ प्रदेश सभा (१) का निर्वाचन परिचालन समिति संयोजक बसन्तकुमार श्रेष्ठले अहिले निर्वाचनमा नेपाली काँग्रेसले जित्नुको विकल्प नरहेको बताए ।

बामपन्थी दलहरुले मुलुकको लोकतन्त्रलाई सखाप पार्ने प्रयासमा लागेकाले लोकतन्त्रको रक्षाका लागि पनि काँग्रेसले निर्वाचन जित्नुपर्ने उनले बताए । उनले लोकतन्त्र चाहाने सबैले नेपाली काँग्रेसलाई रुख चिन्हमा मतदान गर्न समेत आग्रह गरेका थिए । कार्यक्रममा नेपाल महिला संघकी जिल्ला अध्यक्ष शकुन्तला शर्मा, काँग्रेस जिल्ला सदस्य खिमानन्द पौडेल, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष खडक थापाले पनि प्रशिक्षण दिएका थिए । करिब डेढ सय नेता कार्यकर्ता सहभागी कार्यक्रममा नेपाली काँग्रेसका पूर्व पाटी सभापति गोविन्द कँडेल, समानुपातिक उम्मेदवार कोपिला बोहोरा, महासमिति सदस्य होमबहादुर हमाल, क्षेत्री सभापति चिरञ्जीवी गौतम लगायतले लोकतन्त्रको रक्षा र मुलुकको आर्थिक समृद्धिका लागि रुख चिन्हमा मतदान गर्न आग्रह गरेका थिए । कार्यक्रम नेपाली काँग्रेस काठेखोला गाउँपालिका सभापति ज्ञामनाथ कँडेलको अध्यक्षता सहअध्यक्ष शिव कँडेलेको स्वागत र खडक थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply