Sorry, that menu does not exist.
 

जापानमा रोजगाररत नेपालीव्दारा मृगौला पीडित गायक गुरुङलाई सहयोग !

नारायण शर्मा, काठमाडौँ २०७४ मंसिर ३ । मृगौला पीडित गायककार, सङ्गीतकार तथा सङ्गीत संयोजक पूर्ण गुरुङलाई जापानमा रोजगाररत नेपालीहरुले ७५,६२८ रुपियाँ सहयोग गरेका छन् ।

जापान नेपाली एकता समाजका सल्लाहकार तथा जिग्री दोहोरी साझका सञ्चालक राजु केसी र लोक गायक दुर्गेश कार्कीको विशेष सक्रियता तथा जापान नेपाली एकता समाजको पहलकदमीमा जापानका विभिन्न स्थानहरुमा रोजगाररत नेपालीहरुबाट सङ्कलन गरिएको सो सहयोग रकम नोभेम्बर १९, २०१६ अर्थात् २०७४ मङ्सिर ३ गतेका दिन एक समारोहका बीच पीडित गायककार तथा सङ्गीत संयोजक पूर्ण गुरुङलाई काठमाडौँको वनस्थलीमा हस्तान्तरण गरिएको थियो ।

समारोहमा पीडित पूर्ण गुरुङलाई जापान नेपाली एकता समाजका वरिष्ठ उपाध्यक्ष भिम केसीले उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।

सो सहयोग हस्तान्तरण समारोहमा रक्तिमका सल्लाहकार तथा प्रगतिशील पत्रकार सङ्घ नेपालका अध्यक्ष नारायण शर्मा, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कार्यालय सचिव प्रकाश थापा मगर, राष्ट्रिय जनमोर्चा काठमाडौँ महानगरकी अध्यक्ष रितु केसी लगायतका अतिथिहरुको समेत उपस्थिती रहेको थियो । समारोहमा आफ्नी जीवन सङ्गिनी सहित उपस्थित भएका गायक तथा सगीत संयोजक गुरुङले सहयोग रकम बुझ्दै आफूलाई यसरी सहयोग गर्नेहरुलाई “भगवान” को सङ्ज्ञा दिदै “मलाई जो जसले यसरी सहयोग गर्नु भएको छ, उहाहरुलाई म एउटा भगवानकै रूपमा मान्दछु” भन िबताए ।

“प्रवासको भूमिमा रहेर पनि मप्रति सहानुभूति प्रकट गर्दै मलाई सहयोग गर्ने सम्पूर्ण सहयोगदाताप्रति म हृदयदेखि नै कृतज्ञता र आभार व्यक्त गर्न चाहान्छु ।” समारोहमा बोल्दै जापान नेपाली एकता समाजका वरिष्ठ उपाध्यक्ष भिम केसीले कलाकार राष्ट्रका गहना भएकाले उनीहरुको घाउमा थोरै भए पनि आफूहरुले मल्हम लगाउने प्रयास गरेको बताए । समारोहको सञ्चालन रक्तिम कलाकार तथा पत्रकार नारायण शर्माले गरेका थिए । गायक तथा सङ्गीत संयोजक पूर्ण गुरुङको दुवै मृगौला फेल भई अस्पतालमा भर्ना भएको खबर पाउनासाथ जापानमा सहयोग अभियान सञ्चालन गरिएको थियो ।

मेघराज रिष्मेलीका अनुसार अभियानमा कमल कार्की–२१०००, राजु केसी–२००००, स्टार गु्रप–१००००, भिम केसी–२०००, राजु क“डेल–२०००, भिम मगर–२०००, गोपाल कृष्ण सापकोटा–२०००, विपिन सापकोटा–२०००, नेत्र कार्की–२०००, नेत्र रेग्मी–१०००, भगवति शर्मा गौतम–१०००, दिपक केसी–१०००, मेघराज रिष्मेली–१०००, जनक क्षेत्री–१०००, रहमत अली–१०००, भुवन सापकोटा–१०००, मिलन शर्मा–१०००, सुशील सहानी–१०००, यम सापकोटा–१०००, बेल बस्नेत–१०००, टङ्क थापा–१०००, ओम पुन काउचा–१०००, दिलु खत्री–१०००, भक्त सापकोटा–१०००, दिलु क्षत्री चालिसे–१०००, डम्मर पुन–१०००, तेजु केसी–१०००, इन्दिरा क्षत्री–१००० र हेमलाल गौतमले १००० गरी कुल ८३,००० जापानी यन सहयोग जुटेको थियो ।

गायक तथा सङ्गीत संयोजक पूर्ण गुरुङको जन्म पिता सुर बहादुर गुरुङ र माता देवलक्ष्मी गुरुङको कोखबाट २०२३ माघ १४ गते रूपन्देहीको भैरहवामा भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply