दिनेश खत्री, गल्कोट (बागलुङ) २०७४ मंसिर १० । प्रतिनिधी तथा प्रदेशसभा सदस्यको प्रथम चरणको निर्वाचन प्रक्रिया सुरु भएको छ । बागलुङ सदरमकाम लगायत जिल्लाका विभिन्न मतदान केन्द्रहरुमा विहान सवेरै देखी मतदाताहरु लाममा बसेर मतदान गरिरहेका छन् । मतदान कार्यमा मतदाताहरुको उत्साहजनक सहभागिता रहेको देखिएको छ ।
गल्कोट नगारपालिकाको हरिचौर केन्द्रमा विहानै देखी मतदाताहरु लाईनमा उभिएर आफनो पालोको प्रतिक्षामा रहेका छन् । विभिन्न मतदान केन्द्रहरुबाट सहकर्मीहरुले दिएको जानकारी अनुसार मतदान कार्य शान्तिपूर्ण चलि रहेको छ ।
खर्वाङबाट सहकर्मी कमल पौडेलले दिएको जानकारी अनासार मतदान शान्तिपूर्वक जारी रहेको छ ।
गल्कोट नगरपालिकाको मल्म स्थित भैरवमाविमा रहेको मतदान केन्द्रमा विहान सवा ९ बजेसम्ममा १५० जना मतदाताहरुले आफनो मतको प्रयोग गरि सकेका छन् भने मतदाताहरुको उत्साहजनक उपस्थिति रहेको सहकर्मी शिशिर मल्लले जनाएका छन् ।
उता सदरमुकाम बागलुङ बजारको बालमन्दिर मतदान केन्द्रमा विहानै देखी मतादाताहरु उत्साहपूर्वक लाईनमा बसेका छन् । मतदान कार्य शान्तिपूर्णरुपमा जारी रहेको दीपा पाण्डेले जानकारी दिएकी छन् ।
ढोरपाटन नगरपालिकाको बुर्तिवाङको केन्द्रमा शान्ति पूर्ण रुपमा मतदान कार्य जारी रहेको सहकर्मी छबिलाल पाण्डेले बताएका छन् ।
बडीगाड गाउपालिकाको भिङगिठे केन्द्रमा दिउँसो २ बजे सम्म शान्तिपूर्ण मतदान कार्य जारी रहेको सहकर्मी बिमल खड्काले जनाएका छन् । भिमगिठे मा वि मतदान केन्द्रमा अहिले मतदान चलिरहेको बेला साेहि ठाउकाे उत्तर डाडागाउमा संकाशपद बस्तु बम फेला परेकाे बताईएको छ । जम्मा २ हजार ५३ मध्ये अहिले सम्म १ हजार मत खसिसकेको छ ।