गुमानसिँह भण्डारी गल्कोट २०७४ मंसिर १० । गल्कोट क्षेत्रमा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन शान्त तबरले सम्पन्न भएको छ । गलकोट नगरपालिका भित्रका १३ केन्द्रमा गरि जम्मा २१ हजार ५ सय ३६ मतदाता मध्ये १३ हजार ८ सय २७ अर्थात ६४ दशमलब २० प्रतिशत मत खसेको छ ।
जसअन्तर्गत सरस्वती माद्यमिक बिद्यालय गलकोट नगरपालिका वाड नम्बर १ दुदिलाभाटीमा जम्मा २ हजार ७ सय १ मतदाता मध्ये १ हजार ६ सय ३ मत खसेको छ । पार्वति माद्यामिक बिद्यालय गलकोट नगरपालिका वाड नम्बर ६ हरिचौरमा जम्मा ८ सय ३५ मतदाता मध्ये ६ सय ११ मत खसेको छ । गलकोट माद्यामिक बिद्यालय गलकोट नगरपालिका वाड नम्बर ३ मा जम्मा मतदाता २ हजार ६ सय १० मध्ये १ हजार ६ सय ४२ मत खसेको छ । महेन्द्र माद्यामिक बिद्यालय गलकोट नगरपालिका वाड नम्बर २ नरेठाटीमा जम्मा मतदाता २ हजार ७८ मध्ये १ हजार २ सय ३१ मत खसेको हो ।
खरुवा माद्यामिक बिद्यालय गलकोट नगरपालिका वाड नम्बर ४ हटियामा जम्मा मतदाता १ हजार ७ सय ५ मध्ये १ हजार ९० मत खसेको छ । पृथ्वी माद्यामिक बिद्यालय गलकोट नगरपालिका वाड नम्बर ५ हरिचौरमा जम्मा मतदाता १ हजार ९ सय ४० मध्ये १ हजार २ सय ६२ मत खसेको छ । नवज्योति दुर्गा आधारभुत बिद्यालय गलकोट नगरपालिका वाड नम्बर ६ हरिचौरमा जम्मा मतदाता ५ सय ९२ मध्ये ४ सय २१ मत खसेको छ । रत्न लक्ष्मी माद्यामिक बिद्यालय गलकोट नगरपालिका वाड नम्बर ११ रिघामा जम्मा मतदाता २ हजार ५ सय ४९ मध्ये १६ सय ३० मत खसेको छ ।
प्रगति आधारभुत बिद्यालय गलकोट नगरपालिका वाड नम्बर ७ मल्ममा जम्मा मतदाता १ हजार ४ सय ८१ मध्ये १ हजार १७ मत खसेको छ । भैरव माद्यामिक बिद्यालय गलकोट नगरपालिका वाडद नम्बर ९ बासखोलामा जम्मा मतदाता ७ सय ५४ मध्ये ४ सय ४५ मत खसेको छ । शिव माद्यामिक बिद्यालय गलकोट नगरपालिका वाड नम्बर ८ काडेबासमा जम्मा मतदाता १ हजार ६ सय ४४ मध्ये १ हजार ४० मत खसेको छ । लक्ष्मी नारायण प्राथमिक बिद्यालय गलकोट नगरपालिका वाड नम्बर ९ मल्ममा जम्मा मतदाता ८ सय ५४ मध्ये ५ सय ५० मत खसेको छ । त्यस्तै पाण्डवखानी माद्यामिक बिद्यालय गलकोट नगरपालिका वाड नम्बर १० पाण्डवखानीमा जम्मा मतदाता १ हजार ७ सय ९ मध्ये १ हजार २ सय ५० मत खसेको छ ।