Sorry, that menu does not exist.
 

बागलुङ जिल्लाका ४ नगर र ६ गाउपालिकाहरु मध्य कुनमा कति मत खस्यो ? यस्तो छ, मत परिणाम !

राम सुवेदी, बागलुङ २०७४ मंसिर १० । आईतबार सम्पन्न पहिलो चरणको निर्वाचन जिल्ला भर शान्तिपूर्ण रुपमा सम्पन्न भएको भनिएको छ । बागलुङका १ लाख ६७ हजार २ सय ६२ मतदाता मध्ये १ लाख ३ हजार ७ सय ८१ मतदाताले मतदानमा सहभागिता जनाएका छन् ।

प्राप्त मत विवरण अनुसार बागलुङ क्षेत्र नंं. १ मा कुल ८६ हजार ७ सय ५७ मतदाता रहेकोमा ५० हजार २५ मत खसेको छ ।

त्यस्तै क्षेत्र नं २ मा ८० हजार ५ सय २६ जना मतदाता रहेकोमा ५३ हजार ७ सय ५९ मत खसेको छ ।

यस्तै प्रदेश नं. १ र २ को प्रदेशस्तरीय मत कति खस्यो भन्नेमा बागलुङ नगरपालिकाको वडा नं. १२, १३ र १४ को मत परिणम प्राप्त भइनसकेकाले वास्तविक तथ्याँक आएको छैन ।

यता निर्वाचन क्षेत्र नं. २ को प्रदेश १ मा कुल ४७ हजार २ सय ८६ मतदाता संख्या रहेकोमा ३० हजार ३ सय ९५ मत खसेको छ भने सोही क्षेत्रको प्रदेश नं. २ मा कुल ३३ हजार २ सय ४० मतदाता सख्या रहेकोमा २३ हजार ३ सय ६१ मत खसेको छ ।

बागलुङका ४ नगरपालिका र ६ गाउपालिकाहरुमा खसेको मत परिणाम अनुसार बागलुङ नगरपालिकामा कुल २६ हजार ८८ मतदाता मध्ये १८ हजार ७५ मत खसेको छ । जैमिनी नगरपालिकामा कुल २० हजार ८ सय ५३ मतदाता मध्ये १३ हजार ५ सय ५ मत खसेको छ । उता काठेखोला गाउँपालिकामा कुल १८ हजार ६ सय २० मतदाता मध्ये १२ हजार ७ सय ३३ मत खसेको छ । यस्तै ताराखोला गाउँपालिकामा कुल ७ हजार ७ सय ५ मतदाता मध्ये ५ हजार ६ सय ५४ मत खसेको छ ।

यता ढोरपाटन नगरपालिकामा कुल मतदाता १३ हजार ६ सय ७६ मतदाता मध्ये ९ हजार ४ सय ५४ मत खसेको छ भने बडिगाड गाउँपालिकामा कुल मतदाता संख्या १८ हजार ४२ मध्ये १० हजार ९ सय १४ मत खसेको छ । निसीखोला गाउँपालिकामा कुल मतदाता संख्या ११ हजार ८ सय ४७ मतदाता मध्ये ९ हजार ५ सय ५४ मत खसेको छ । यस्तै गलकोट नगरपालिकामा कुल २१ हजार ५ सय ३६ मतदाता मध्ये १३ हजार ८ सय २७ मत खसेको छ । तमानखोला गाउँपालिकामा कुल मतदाता संख्या ६ हजार ४ सय ४९ मध्ये ४ हजार ३ सय ५३ मत खसेको छ । भने बरेङ गाउँपालिकामा कुल ८ हजार ९ सय ९२ मतदाता मध्ये ५ हजार ७ सय ५ मत खसेको छ ।

तस्वीर- किरण आचार्य ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply