बागलुङ, २०७४ मंसिर ११ । गत मंसिर १० गते तमानखोला गाउपालिकामा प्रतिनिधी तथा प्रदेश सभा सदस्यको मतदान का्र्य सम्पन्न भएपछी मतपेटिकाहरु बुर्तिवाङ ल्याउने क्रममा प्रहरीले काँग्रेसका एजेन्टहरुमात्र गाडीमा राखेको भन्ने बामपन्थी गठवन्धनको विरोधका कारण उत्पन्न समस्यालाई दुबै पक्षको सहमतिपछी आज बागलुङ सदरमुकाम ल्याईएको छ । मतपेटिकाहरु सहिसलामत अवस्थामा रहेको भेट्टिएपछी दुबै पक्षका सबै एजेन्टहरु सहित मतपेटिकाहरु बागलुङ ल्याईएको हो । मतपेटिका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र यसक्षेत्रका राजनैतिक दलका प्रतिनीधिको रहोबरमा मतपेटिका सुरक्षित रुपमा जिल्ला सदरमुकाम पुर्याईएको हो ।
बुर्तिवाङ ईलाका प्रहरी कार्यालयमा राखिएका ढोरपाटन नगरपालिका, निसी खोला गाउँपालिका र तमान खोला गाउँपालिका मतदान केन्द्रहरुबाट एकत्रित मतपेटिकाहरु सदरमकाम ल्याईए सँगै बागलुङ जिल्लाका १ सय ३ मतदान स्थल र १ सय ९९ मतदान केन्द्रको मतपेटिका सुरक्षित रुपमा जिल्ला निर्वाचनको कार्यालयमा आएको मुख्य निर्वाचन अधिकृत प्रकाश प्रसाद पण्डितले जानकारी दिएका छन् । मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षित तवरले मंसिर २१ गते सम्म राख्ने र सोहि दिन सांझ ५ बजेदेखि गणना सुरु हुने प्रमुख निर्वाचन अधिकृत पण्डितले बताए ।
सबै केन्द्रमा शान्त वातावरणमा मतदान भएको थियो ।
दोश्रो चरणको निर्वाचन सम्पन्न भए पछी मात्र मतगणना गरिने भएपछी जनमानसमा निर्वाचन परिणामलाई लिएर कौतहलता बढेको छ भने जितहारको पूर्वानुमानका चर्चापरिचर्चा हु न थालेका छन् ।
बागलुङ जिल्लामा खासगरी नेपाली काँग्रेस र बामगठबन्धनबीच नै चुनावी प्रतिष्पर्धा रहेको छ । एमाले, माओवादी र राजमो तीन बाम पार्टीहरुको तालमेलबाट उमेदवारी दिईएकाले काँग्रेसलाई बर्चस्व जोगाउन हम्मेहम्मे पर्ने आँकलन एकातिर गरिन्छ भने अर्कोतिर जिल्लाका तीनै निर्वाचन क्षेत्रबाट संविधान सभा निर्वाचन काँग्रेसका उमेदवार निर्वाचित भएका कारण जिल्लामा बलियो पकड बनाएको काँग्रेसलाई पारजीत गर्न बामगठबन्धनलाई सहज नभएको टिप्पणी भै रहेको छ ।
‘तीन बाम एकै ठाम’ भएपछी संविधान सभा र स्थानीय निकायको चुनावमा झरेको मतसंख्यालाई तुलना गर्दा बामपार्टीहरुको मत संख्या बढी देखिएपछी बामगठबन्धनको चुरीफुरी बढेको अनुमान गरिएको छ। तर बाम तालमेल हुँदैमा बामदलको सबैमत डोलिएर जान्छ भन्न नसकिने तर्क अर्को पक्षको रहेको छ । यिनै चर्चा परिचर्चाबीच जित हारको नतिजा थाहा पाउन मंसिर २२ गते सम्म प्रतिक्षा गर्नु पर्ने हुन्छ ।