योगेन्द्र बिश्वकर्मा, बुर्तिबाङ, २०७४ मंसिर १४ । बडीगाड गाउँपालीका वडा नं १० दर्लिङमा बुधबार रिङ्ग रोड (मोटरबाटो) निर्माण समिती गठन गरिएको छ । वडा नं १० का अध्यक्ष वीरेन्द्र बुढाको उपस्थीतीमा भएको भेलाले हर्क बहादुर बुढाको अध्यक्षतामा ११ सदस्यीय मोटरबाटो निर्माण समिती गठन गरेको छ ।
समितीको उपाध्यक्षमा बलीस्वर बुढा , सचिबमा मित्रलाल घर्ति सहसचिबमा जीवन बुढा कोषाध्यक्षमा उषा थापा बुढा , लगायत अन्य सदस्यहरु रहेका छन् । उक्त मोटरबाटोलाई वडा नं १०को दर्लीङ चिसापानी नीगलपानी जोड्ने रिङरोडका रुपमा निर्माण गरिने वडा अध्यक्ष बुढाले बताए । यसका लागी दुई खण्डमा बिभाजन गरेर मोटरबाटो निर्माण गरीदै छ । पहिलो खण्ड आरुपाटादेखी दर्लीङ माबि र दोस्रो खण्ड निगलपानी, चिसापानी रहने बताईएको छ ।
दुईबर्ष भित्र रिङरोड निर्माण पुरा गरिने लक्ष्य रहेको उक्त बाटोको निर्माणका लागी यो बर्ष ४५ लाख रुपौया बजेट बिनियोजन भएको वडाध्यक्ष बुढाले जानाकारी दिए । बडा नं १०को भौगोलिक बनावटले साथ नदिएकाले रिङरोड निर्माण गर्न लागिएको हो । सडक यातायातले नछोएकाले त्याहाका स्थानिय बासीन्दाले सास्ती खेप्दै आएका छन् । यो रिङरोड निर्माण भएसंगै त्याहाँका बासिन्दालाई प्रसाशनिक लगायत हरेक काममा छिटो र सहज हुने अध्यक्ष बुढाको भनाई छ ।