सुमन जि.सी. बागलुङ २०७४ मंसिर १७ । आर्थिक सबलीकरण र सोंचमा परिवर्तनबाट लैङ्गीक हिंसाका घट्नामा न्यूनिकरण आउने एक कार्यक्रमका सहभागि वक्ताहरुले बताएका छन् । १६ दिने लैङ्गीक हिंसा विरुद्धको अभियान सञ्चालन भईरहेको क्रममा सिवाईसी साकोसको महिला विकास उपसमिति, शिक्षा उपसमिति र सिवाईसी नेपालको संयूक्त आयोजनामा शनिवार सम्पन्न लैङ्गिक हिंसा न्यूनीकरण तथा सहकारी शिक्षा कार्यशाला गोष्ठिका सहभागि वक्ताहरुले यस्तो धारण राखेका हुन ।
लिङ्ग फरक परेको वा व्यक्ति महिला या पुरुष भएको कारणले गरिने फरक व्यवहारबाट उत्पन्न हिंसालाई लैङ्गीक हिंसा भनिएतापनी नेपालको परिवेशमा हेर्दा पृतिसतात्मक सोचका कारणले गर्दा महिलाहरुनै सबैभन्दा वढि हिंसामा पर्ने गरेको सबैजसो वक्ताहरुको भनाई थियो । २१ औं शताव्दीमा आईपुग्दासम्म पनी हिंसापिडितहरुलाई समाजले हेर्ने दृष्टिकोण र व्यवहारमा सोचे अनुरुपको परिवर्तन आउन नसक्दा सामाजिक न्याय स्थापीत हुन नसकेको वक्ताहरुले औंल्याएका थिए ।
कार्यक्रममा प्रमुख अतिथी सिवाईसीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले हिंसा जुनसुकै ठाउँमा र जतीसुकै बेला पनी हुने भन्दै विशेषत ग्रामीण ईलाकामा यस्ता घट्ना धैरै हुने गरेको बताए । यस्ता घट्नाहरु न्यूनिकरणका लागि ग्रामीण, विपन्न महिलाको आर्थिक सामाजिक अवस्थामा सुधार ल्याउन आयआर्जन तथा सीपमूलक तालिम, चेतनामुलक अधिकारमा आधारित लक्षीत कार्यक्रमको अति आवश्यक रहेकाले सिवाईसीले यस तर्फ ध्यान केन्द्रित गरी कार्य गरिरहेको पौडेलको भनाई थियो ।
कार्यक्रममा प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले हिंसामा परेको परिवारलाई तोड्ने भन्दापनी जोड्ने तर्फ जानुपर्नेमा जोड दिए । श्रेष्ठले कानुनी कार्वाही भनेको अन्तिम विकल्प भएको बताउदै सकेसम्म परामर्श र आपसी छलफल मार्फत मिलाउदा उत्तम हुने धारण राखेका थिए ।
कार्यक्रममा बागलुङमा नवआगान्तुक प्रहरी उपरीक्षक श्रेष्ठलाई स्वागत समेत गरिएको थियो ।
कार्यक्रमका अवसरमा सिवाईसी साकोसका सल्लाहाकार देववहादुर श्रेष्ठ, महिला अधिकारकर्मी एवं वा.न.पा. ३ का वडा अध्यक्ष लक्ष्मी बास्कोटा, महिला विकास अधिकृत डिलकुमारी शर्मा, महिला अधिकारकर्मी चिनीमाया काला मगर, जमुना आचार्य लगाएतले आफ्ना भनाईहरु राखेका थिए ।
सिवाईसी साकोसका महिला विकास उपसमिति संयोजक शकुन्तला शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लैङ्गीक हिंसा के हो ? हिंसा कसरी रोक्न सकिन्छ ? लैङ्गीक हिंसा सम्वन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनहरु र कार्यान्वयनको पक्ष लगाएतका विषयमा जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्माले सहजिकरण गरेकी थिईन । कार्यक्रम सिवाईसी साकोसको महिला विकास उपसमिति सदस्य भगवत्ती सापकोटाको स्वागत र सदस्य सीतादेवी सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।
लैङ्गिक हिंसा न्यूनीकरण गोष्ठी : हिंसामा परेको परिवारलाई जोड्ने तर्फ जान जोड !
२०७४ मंसिर १७, आईतवार १७:४०
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०