Sorry, that menu does not exist.
 

महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआउँदा सामाजिक न्याय स्थापित हुन सकेन : उपप्रमुख काउचा

घनश्याम गौतम, गल्कोट २०७४ मसिर १९ । महिला नेतृत्ब बिकास तथा न्याँयमा पहुँच सम्बन्धी एक दिने तालिम ठुलाथरमा सम्पन्न भएको छ । गल्कोट नगरपालिकाको आर्थिक सहयोग तथा गलकोट सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा आज गल्कोट नगरपालिका बडा नं ६ को नब ज्योती दुर्गा आधारभुत बिद्यालयमा सम्पन्न भएको हो ।

तालीमको उद्घाटन गदैं नगर उपप्रमुख रेणुका काउचा मगरले महिलाहरुले नेतृत्ब गर्नको लागी आफैमा क्षमता बिकास गर्नुपर्ने बताईन् ।
महिलाहरुले आफ्नो क्षमता बिकास गरि हरेक बिकास कार्यमा सक्रिय सहभागीता जनाउदै नेतृत्व लिनु पर्ने उनको आग्रह थियो ।

उपप्रमुख काउचाले सामाजिक तथा पारिबारिक हिँसामा महिलाहरु बढी पीडित रहेको बताउदै महिलालाई समाजले हेर्ने दृष्टिकोण र व्यवहारमा साँेचे अनुरुपको परिवर्तन आउन नसक्दा सामाजिक न्यायस्थापित हुन नसकेको स्पष्ट पारिन् ।

कार्यक्रममा गलकोट नगरपालिका बाड नं ६ का बडा अध्यक्ष नरबहादुर खत्री, बडा नं ५ का अध्यक्ष नारायध्बज मल्ल लगायतले महिलाहरुले आत्मबिश्बास बृद्धि गर्दै समाजमा हुने हरेक गतिबिधीमा नेतृत्ब बिकास गर्नुपर्नेमा जोड दिएका थिए ।

तालीमको पशुबिकास कार्यक्रम गल्कोट नगरपालिकाका सयोजक पशु स्बास्थ्य प्राबिधिक चिन्तामणी शर्मा, सामुदायिक सेवा केन्द्र गलकोटकी अध्यक्ष मञ्जु शर्मा चालिसेले सहजिकरण गरेका थिए ।

कार्यक्रममा जनप्रतिनिधी शिब कुमारी खत्री, मनु पाण्डे माया नेपाली, मनोज कुमार थापा, भिम बिक, बिष्णु बिक लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र गल्कोटकी अध्यक्ष मञ्जु शर्मा चालिसेको अध्यक्षता, सदस्य ओम सुनारको स्बागत तथा सदस्य योगेश भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

सहभागितात्मक एक दिने तालिममा १५ जना महिलाहरुको सहभागीता रहेको थियो । कार्यक्रम भोली खरुवामा सञ्चालन गरिने सामुदायिक प्रहरी सेवा केन्द्रले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply