Sorry, that menu does not exist.
 

लैङ्गिक हिसां बिरुद्धको अभियान : मानवसेवा आश्रमलाई खाद्यान्न/कपडा सहयोग !

कोपिला कंडेल, बागलुङ २०७४ मंसिर २० । लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान जारी छ । नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म मनाउने गरिएको अभियान अन्र्तगत जिल्लामा आज पनि बिभिन्न कार्यक्रम सम्पन्न भएका छन । अभियानका क्रममा आज महिला तथा बालबालिका कार्यालय बागलुङ र विभिन्न राजनैतिक दल सम्बद्ध महिला संघ संगठनले आज बागलुङ बजार स्थित मानव सेवा आश्रममा खाद्यान्न सामग्री एबं न्यानो कपडा सहयोग गरेका छन । लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विभिन्न खाद्य सामाग्री हस्तान्त्रण गरिएको हो । आश्रमा दालमोट, भुजा, लगायतका खाद्य सामग्री सहित टोपी बितरण गरिएको थियो ।

‘लैङगिक हिंसा अन्त्यका लागि सबै जुटौँ, कोही नछुटौँ’ भन्ने नाराका साथ भएको कार्यक्रममा बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले दु्रत न्यायप्रणाली, सुरक्षा संयन्त्रको विकास र विस्तार नहुँदा पिडितलाई न्याय र पिडकलाई सजाय हुने अवस्था अझै पनि सिर्जना हुन नसकेकाले राज्यले यसमा ध्यान दिनुपर्ने बताए । 

कार्यक्रममा नेपाल महिला संघका जिल्ला अध्यक्ष शकुन्तला शर्मा, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीषले हिंसाका घटनामा दण्डहीनताको अन्त्य गर्न कानून कडाईका साथ लागू गर्नुपर्ने एवं निशुल्क कानूनी सहायता प्रदान गरेर महिला र बालिकाहरुको न्यायमा पहुँच बढाउने कुरा सुनिश्चित गर्न माग गरेका थिए ।  कार्यक्रम महिला तथा बालबालिका कार्यालय बागलुङका महिला विकास अधिकृत डिलकुमारी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबिच आज दिउसो निरहे घाटमा रहेका ज्यष्ठ नागरिकलाई न्यानो कपडा तथा खाद्यान्न सामग्री बितरण गरिएको छ । बिभिन्न राजनितिक दल सम्बद्ध महिला सघंसंगठन र महिला बिकास अधिकृत डिल कुमारी शर्माको नेतृत्वमा निर्णय घाट पुगेको टोलीले संयुक्त रुपमा निर्णयघाट स्थित मन्दिर र आश्रममा बसेका १३ जनालाई उनिको पछ्यौरा सहित चिनी चियापत्ति लगायतका खाद्य सामग्री वितरण गरिएको महिला बिकास कार्यालयका निरिक्षक सरस्वती देबी रेग्मीले जानकारी दिईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply