Sorry, that menu does not exist.
 

बागलुङमा तारजालीको घेराभित्र, सीसी टीभीको निगरानीमा कडा सुरक्षावीच मतगणना सुरु !

कोपिला कंडेल, बागलुङ २०७४ मंसिर २१ । पूर्व घोषित कार्यक्रम अनुसार मंसिर ११ गते ३२ जिल्लामा सम्पन्न पहिलो चरणको प्रतिनिधी तथा प्रदेश सभा सदस्यको निर्वाचनको मत गणना सुरु भएको छ ।

मतदानलाई लिएर उजुरी परेका जिल्लाहरुमा निर्वाचन आयोगको निर्देशनको प्रतिक्षा गरिएको छ भने अन्य जिल्लाहरुमा कडा सुरक्षा घेराबीच मतगणना कतै जारी छ भने कतै मतगणनाको तयारी भैरहेको छ ।

समाचार अनुसार २ निर्वाचन क्षेत्र र ४ प्रदेश सभा रहेको बागलुङ जिल्लामा क्षेत्र नं १ का केहि मतदान केन्द्रहरुमा बाम गठबन्धनबाट धाँधली भएको भनी नेपाली काँग्रेसले उजुरी दिएकाले के गर्ने भन्ने बारेमा आयोगको निर्देशन पर्खिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ‘मतदान बदर गर्नुपर्ने अवस्था नरहेकोले मतगणना जारी राख्ने …’ भन्ने आयोगको निर्देशन आईपुगेकोले मतगणना कार्य केहि ढीला भएको हो । क्षेत्र नं १ र २ को चार/चार गरी ८ मतगणना स्थल गराई मतगणना गरिएको बताईएको छ । मतगणना पाला मतदान केन्द्रको मतपेटिकाबाट सुरु गरिएको बताईएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला समन्वय समितिको कार्यालय भवनमा मत गणना सुरु गरिएको छ । ८ सीसी टीभीको निगरानीमा कडा सुरक्षाबीच मतगणना गरिएको श्रोतले बतयो । मतगणना स्थलमा तारजालीको घेरा लगाईएको छ ।

बागलुङ जिल्लामा नेपाली काँग्रेस र बामगठबन्धनका उमेदवारवीच तीब्र प्रतिष्पर्धा रहेको छ ।

उता म्याग्दी र मुस्ताङ जिल्लाहरुमा पनि कडा सुरक्षा व्यवस्थाका साथ मत गणना सुरु गरिएको छ । यी दुबै जिल्लामा एक क्षेत्र र दुई प्रदेश सभा रहेका छन् । यहाँपनि बामगठबन्धन र लोकातान्त्रिक गठ्बन्धनवीच कडा प्रतिष्पर्धा रहेको छ ।
मुस्ताङको ताजा मत परिणाम ।
प्रतिनिधि सभा तर्फ,
रोमी गौचन, नेका- ११७४
प्रेम तुलाचन, एमाले- १३५७
बदर मत- १२

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply