कमल पौडेल/किरण आचार्य, बागलुङ, २०७४ मंसिर २२ । बागलुङ जिल्लाका दुवै क्षेत्रको प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यको मतगणना जारी छ । मतगणनाको पछिल्लो राति १२ सम्मको मत परिणाम अनुसार अघिअघि बाम गठबन्धन पछीपछी काँग्रेस देखिएको छ ।
क्षेत्र नं १ को प्रतिनिधी सभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार राज्यमन्त्री चम्पादेवी खडका भन्दा बामगठबन्धनका उमेदवार डा सूर्य पाठक भन्दा ३ सय ४० मतले अगाडी रहेका छन् । हालसम्म गरिएको मत गणनानुसार खड्काले २ हजार ६ सय ५० मत प्राप्त गरेकी छन् भने पाठकले २ हजार ९ सय ९० मत ल्याएका छन् ।
यसैगरी क्षेत्र नं २ मा नेपाली काँग्रेसका उमेदवार नरबहादुर पुन निरजले १ हजार १९ मत प्राप्त गरेका छन भने उनका प्रतिव्दन्दी बामगठवन्धनका उमेदवार माओवादीका देवेन्द्र पौडेलले १ हजा ६ सय ५ मत ल्याएर ५ सय ८६ मतले अग्रता हासिल गरेका छन् ।
उता क्षेत्र नं १ क बाट प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका दिपेन्द्र थापाले १ हजार ६सय ५३ मत प्राप्त गरेका छन् । उनका प्रतिव्दन्दी बामगठबन्धन एमालेका ईन्द्रलाल सापकोटाले १ हजार ५ सय ५३ मत सहित काँग्रेस भन्दा २ सय ९० मतले अगाडी रहेका छन् ।
यसैगरी ख प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका प्रकाश शर्मा पौडेल बाम गठबन्धनका कृष्ण थापा भन्दा ८२ मतले अग्रता लिएका छन् ।
यहाँ पौडेलले १ हजार ३ सय ७८ र थापाले १ हजार २ सय मत प्राप्त गरेका छन् ।
उता क्षेत्र नं २ को क प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका मन्जेशवम मल्लले १ हजार ४३ मत प्राप्त गरेका छन् भने उनका प्रतिव्दन्दी बामगठबन्धनका चन्द्रबहादुर बुढा सागरले १ हजार ६ सय ४७ मत सहित मल्ल भन्दा ६ सय ४ मतले अगाडी रहेका छन् ।
यस्तै क्षेत्र नं २ को ख मा नेपाली काँग्रेसका जीतबहादुर शेरचन भन्दा बामगठबन्धनका टेकबहादुर घर्ती १ सय १९ मतले अगाडी रहेका छन् । मल्लले १ हजार ३ सय र घर्तीले १ हजार ७ सय १९ मत प्राप्त गरेका छन् ।