Sorry, that menu does not exist.
 

बागलुङका सबै ६ वटा सिटमा बामगठबन्धनले कब्जा गर्ने सुनिश्चित देखेपछि काँग्रेस बृत्तमा निराशा

बागलुङको पहिलो नतिजा बामगठबन्धनको खातामा, राजमोका घर्ती प्रदेश सभामा निर्वाचित !

कमल पौडेल/कोपिला कँडेल, बागलुङ २०७४ मंसिर २२ । बागलुङमा सम्पन्न प्रदेश र प्रतिनिधी सभा निर्वाचनको मतगणना जारी छ । हिजो राती ८ वजे देखि सुरु गरिएको मतगणनाको झण्डै ६५ प्रतिशत मत गनिसकिएको छ । मत गणनाको अन्तिम परिणाम आउन अझै केहि समय लाग्ने देखिएपनि अहिले सम्मको मतगणनाको परिणामले बामगठबन्धनका उमेदवारहरुको विजय सुनिश्चित देखिएपछि गठबन्धनका कार्यकर्ताहरु सदरमुकाममा भेला हुन थालेका छन् । चारैतिरबाट गठबन्धनका कार्यकर्ता शुभचिन्तकहरुको बागलुङ सदरमुकाममा ओईरो लागेको छ ।

अर्कोतिर नेपाली काँग्रेसका नेता, कार्यकर्ता एव शुभचिन्तकहरुमा निराशा छाएको छ । मतदान सम्पन्न भै मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरिसहिएपछी नेपाली काँग्रेसले केहि मतदान केन्द्रहरुमा धाँधली भएको आरोप लगाउदै मुख्य निर्वाचन अधिकृत समक्ष उजुरी दिएपछी नै काँग्रसको हारको पूर्वानुमान गर्न थालिएको हो । कुनै तिलष्मी घटना नभए बागलुङ जिल्लाका सबै ६ वटा सिटहरुमा गठबन्धनले कब्जा गर्ने निश्चित रहेको पर्यवेक्षकहरुको ठहर छ ।

बागलुङ जिल्लाको २ प्रतिनिधी सभा र ४ प्रदेश सभा सदस्य सबैमा बामगठबन्धनका उमेदवारहरुले अग्रता लिएका छन् । प्राप्त पछिल्लो मत परिणाम अनुसार बागलुङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका सुर्य प्रसाद पाठकले २३ हजार ४४ मतका साथ अग्रता कायम गरेका छन् भने नेपाली काँग्रेसका चम्पादेवी खड्काले १४ हजार ९ सय ३४ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी प्रतिनिधी सभा २ अन्तर्गत नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेलले २१,०४१ मत प्राप्त गरी अग्रता लिएका छन् भने नेपाली काँग्रेसका नर बहादुर पुनले १४,०५३ मत प्राप्त गरेका छन् ।

बागलुङ क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र १ अन्र्तगत संयुक्र बाम गठबन्धनका इन्द्रलाल सापकोटा (एमाले)ः १० हजार ३ सय १६ मतका साथ अग्रस्थामा छन् भने नेपाली कांग्रेसका दिपेन्द्र बहादुर थापाले ७ हजार ३३मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रदेशसभा क्षेत्र १ क राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले १० हजार ६ सय ४९ मतका साथ अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका प्रकाश शर्मा पौडेलले ७ हजार ४९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रदेश नम्वर २ को क मा नेकपा माओबादी केन्द्रका चन्द्र बहादुर बुढा सागरले ८ हजार ५ सय ७८ मतका साथ अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका मञ्जेस बम मल्लले ६ हजार ९ सय ६ मत प्राप्त गरेका छन् ।

प्रदेश ख मा राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले ११,४०८ मतका साथ अग्रता कायम कायम राखेका छन् भने काँग्रेसका जीत शेरचनले ८,२५३ मत प्राप्त गरेका छन् ।

प्रत्यक्ष निर्वाचनको मतपरिणाम भोली बिहान सम्ममा र समानुपातिक तर्फ यहि मंसिर मसान्त भित्रमा आउने गरी मतगणना शुरु गर्न लागेको मुख्य निर्वाचन अधिकृत प्रकाश पण्डितले जानकारी दिए ।
तस्बिर-किरण आचार्य, ईबागलुङ डटकम

बागलुङको पछिल्लो अपडेट
प्रतिनिधि सभा (केन्द्र ) १
नेकपा एमाले सुर्य पाठक : २७७०५
नेपाली कांग्रेस चप्पा खड्का : १६९८५

प्रदेश सभा : १( क)
नेकपा एमाले इन्द्रलाल सापकोटा : १०३१६
नेपाली कांग्रेस दिपेन्द्र थापा : ७०३३

प्रदेश सभा : १( ख)
रा ज माे कृष्ण थापा : ११४६९
नेपाली कांग्रेस प्रकाश पाैडेल : ७७४३

प्रतिनिधि सभा (केन्द्र ) २
एमाअाेवादि केन्द्र देबेन्द्र पाैडेल : २१०४१
नेपाली कांग्रेसका निरज पुन : १४२५३

प्रदेश सभा : २( क)
एमाअाेवादि केन्द्र चन्द्र बहादुर बुढा : १०११५
नेपाली कांग्रेस मन्जेश बम मल्ल : ७२८१

प्रदेश सभा : २( ख)
राजमाे टेक बहादुर घर्ती : ११८८४(बिजयी)
नेपाली कांग्रेस जित बहादुर शेरचन : ८६२३

*** बागलुङमा मतगणनाको पहिलो परिणाम निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा ख बाट आएको छ । यस प्रदेश सभा सदस्यमा बाम गठबन्धन (राजमो) का टेकबहादुर घर्ती नेपाली काँग्रेसका जीतबहादुर शेरचनलाई पराजीत गर्दै निर्वाचित भएका छन् ।
घर्तीे ११८८४ मत प्राप्त गरेका छन जबकी उनका प्रतिव्दन्दी शेरचनले ८६२३ मत प्राप्त गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply