Sorry, that menu does not exist.
 

गुल्मी प्रतिनिधि सभामा एमालेका र प्रदिप ज्ञवाली र गोर्कण बिष्ट विजयी

कौरव खत्री,गुल्मी २०७४ मंसिर २४ । गुल्मीमा प्रतिनिधि सभा १ र २ मा बामगठबन्धन एमालेका उम्मेदवार प्रदिप ज्ञवाली र गोर्कण बिष्ट विजयी भएका छन् ।

प्रतिनिधि सभा १ मा गठबन्धन एमालेका प्रदिप ज्ञवाली भारी मतका साथ विजयी भएका छन् भने यस्तै प्रतिनिधि सभा २ मा पनि एमालेका गोर्कण बिष्टले फराकिलो मतान्तरले विजयी भएका छन् ।

प्रतिनिधि सभा १ मा ज्ञवालीले आफ्ना निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका चन्द्र भण्डारीलाई पछि पार्दै जित हासिल गरेका हुन । ज्ञवालीले ३७ हजार ८ सय १४ मत लिएर विजयी भएका हुन भने उता नेपाली काँग्रेसका चन्द्र भण्डारीले ३० हजार २ सय ५६मत मात्र ल्याएका थिए । ज्ञवाली र भण्डारीको मतको अन्तर भने ७ हजार ५ सय ५८मत रहेको थियो ।

यस्तै प्रतिनिधि सभा २ मा बिष्टले आफ्ना निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका चन्द्र बहादुर केसीलाई पछि पार्दै जित हासिल गरेका हुन । बिष्टले ३४ हजार,६ सय,१८ मत सहित भारी मतले विजयी भएका हुन भने उता नेपाली काँग्रेसका चन्द्र बहादुर केसीले २० हजार,१ सय, ५६ मत मात्र ल्याएका थिए । बिष्ट र केसी बीचको मतको अन्तर भने १४ हजार, ४ सय, ६२ मत रहेको थियो ।

२ निर्वाचन क्षेत्र रहेको गुल्मीमा १ र २ प्रतिनिधि सभामा बाम गठबन्धनका एमालेले विजय हासिल गरेको छ । भने ४ प्रदेश सभामा पनि गठबन्धन अन्तर्गत २ एमाले र २ माओवादीले विजयी हासिल गरेका छन् ।

यस्तै गुल्मीको प्रतिनिधी सभा क्षेत्र नं १ को ‘१’ प्रदेशमा माओवादीका शुर्दसन बराल बिजयी भएका छन् । बरालले आफ्ना निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका पृथ्वी बहादुर फौजदारलाई पछि पार्दै जित हासिल गरेका हुन् ।

बरालले १७हजार,१सय,९०मत सहित भारी मतले विजयी भएका हुन भने उता नेपाली काँग्रेसका पृथ्वी बहादुर फौजदारले १३हजार,२सय, ९९मत मात्र ल्याएका थिए । यी बराल र फौजदार बीचको मतको अन्तर भने ४हजार,६सय, ११ मत रहेको थियो ।

यस्तै गुल्मीको प्रतिनिधी सभा क्षेत्र नं १ को ‘२’ प्रदेशमा एमालेका कमल श्रेष्ठ बिजयी भएका छन् । श्रेष्ठले आफ्ना निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका धनेन्द्र बहादुर कार्कीलाई पछि पार्दै जित हासिल गरेका हुन् ।

श्रेष्ठले १९हजार,५सय,९१मत सहित भारी मतले विजयी भएका हुन भने उता नेपाली काँग्रेसका धनेन्द्र बहादुर कार्कीले १६हजार,३सय, ७३मत मात्र ल्याएका थिए ।यी श्रेष्ठ र कार्की बीचको मतको अन्तर भने३हजार, २ सय,१८ मत रहेको थियो ।

यस्तै गुल्मीको प्रतिनिधी सभा क्षेत्र नं २ को ‘१’ प्रदेशमा एमालेका खड्क केसी बिजयी भएका छन् । केसीले आफ्ना निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका शालिकराम पन्थीलाई पछि पार्दै जित हासिल गरेका हुन् ।

केसीले १६ हजार,१सय,६५ मत सहित भारी मतले विजयी भएका हुन भने उता नेपाली काँग्रेसका शालिकराम पन्थीले ११ हजार,६ सय, ७३ मत मात्र ल्याएका थिए ।यी केसी र पन्थी बीचको मतको अन्तर भने ४ह जार,४सय, ९२ मत रहेको थियो ।

यस्तै गुल्मीको प्रतिनिधी सभा क्षेत्र नं २ को ‘२’ प्रदेशमा माओवादीका दिनेश पन्थी बिजयी भएका छन् । पन्थीले आफ्ना निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका छन्द बहादुर पहराईलाई पछि पार्दै जित हासिल गरेका हुन् ।

पन्थीले १७ हजार,६सय,१ मत सहित भारी मतले विजयी भएका हुन भने उता नेपाली काँगे्रसका छन्द पहराईले ९ हजार,५ सय, ६४ मत मात्र ल्याएका थिए ।यी पन्थी र पहराई बीचको मतको अन्तर भने ८ हजार, ३७ मत रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply