Sorry, that menu does not exist.
 

सरस्वती पूजाको दिन ग्रिनफिल्डमा विज्ञान प्रदर्शनी !

माधव अधिकारी, काठमाडौँ, २०७३ माघ १९ । सरस्वती पूजाको अवसरमा बाफलस्थित ग्रिनफिल्ड नेसनल स्कूलका विद्यार्थीले विज्ञान प्रदर्शनी गरेका छन् । विद्यालयको कक्षा ६ देखि ९ सम्मका विद्यार्थीले सो अवसरमा विभिन्न १५ वटा प्रोजेक्ट प्रदर्शन गरेका थिए ।उनीहरुले स्थानीयस्तरमा उपलब्ध सामान्य सामग्रीको प्रयोग गरी रकेट, स्काभेटर, रेन गज, टर्बाइन, फिल्टर, वाटर हार्भेस्टिङ्ग, पेरिस्कोप, हाइड्रोलिक क्रेन लगायतका सामग्री तयार गरेका थिए ।प्रदर्शनीमा विद्यार्थी,अभिभावक,कर्मचारी र अतिथिको उत्साहजनक सहभागिता थियो ।

विज्ञान विषयमा सिकेका सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक ढङ्गले प्रस्तुत गर्न सघाई शिक्षालाई आविष्कारमुखी बनाउन प्रदर्शनी आयोजना गरिएको प्रिन्सिपल खडक बस्नेतले बताए ।सोही अवसरमा विद्यार्थीले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

यसैवीच नागार्जुन –९,काठमाडौँस्थित माइलस्टोन युथ इङ्गलिश स्कूलको आयोजनामा पूर्व बाल्यावस्था शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो ।कार्यक्रममा अर्ली चाइल्डहुड एजुकेसन सेन्टरका प्रशिक्षक उत्तम दाहाल र कमला थापा क्षेत्रीले सहभागीलाई कलिला बालबालिकाको विकासमा शिक्षक र अभिभावकले खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण् दिएका थिए।विद्यालयका प्रिन्सिपल शिवराम गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन भाइस प्रिन्सिपल दिनेश भट्टराईले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply