Sorry, that menu does not exist.
 

सागरलाइ ५ केजिकाे माला, जनतामाझ गरेका प्रतिबद्धताहरु पूरा हुने प्रकृया सुरु : सांसद सागर

बिमल खड्का, बागलुङ २०७४ पुष २ । बाम गठबन्धनका साझा उमेदवार बिजयी भएपछि मतदातालाई धन्यवाद दिन गाउँ गाउँमा पुगेका छन ।

अाईतबार बिजयी -याली बडिगाड गाउँ पालिका वडा न. ४ जलजलामा सम्पन्न गरिएको छ ।

बिजयी -यालीमा मतदातालाई धन्यवाद दिंदै प्रदेश सांसद चन्द्र बहादुर बुढा सागरले जनता माझ गरेका प्रतिबद्धताहरु पूरा गर्ने प्रक्रियाकाे थालनी सुरु भएको बताए।

उनले कृषिमा अाधुनिकरण यातायातकाे सहज पुहच पर्यटन बिकाश तथा जनताकाे अावश्यकताहरुलाई पूरा गर्ने स्थानीय सरकार प्रदेश सरकार र प्रतिनिधी सरकार कटिबद्ध रुपले लागी परि जनताको मन जित्ने गरि काम गर्ने बताएका छन ।

अब पाटि एकता हुँदै बामपंथी सरकार बन्ने भएकाले जनताकाे मतको कदर गर्दै यस ठाउकाे बिकाशका लागि अाफु लागिपरिरहने बताउदै उनले अहिलेकाे सरकारले बिवादित राजनैतिक नियुक्त नगरि सरकारबाट राजिनामा दिई मार्ग प्रशस्त गर्नु पर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख बिष्णु भुषालले जनताले बिश्वास गरि बामपंथीका साझा उमेदवारलाई बिजयी बनाएकाले जनताकाे अाशा अभिलाषा र अार्थिक बिकासका लागि बामपंथी सरकार कटिबद्ध रहि काम गर्ने बताउदै जनताकाे एकताकाे बाध फुट्न नदिने गरि काम अबकाे सरकारले गर्ने बताए ।

त्यस्तै बडिगाड गाउपालिका अध्यक्ष मेयरसिह पाईजाले बामपंथी सरकारले जनताकाे मन जित्ने गरि काम गर्नु पर्ने बताउदै देशमा अब अार्थिक क्रान्ति सहितकाे समाजवाद उन्मुख प्रणालीकाे बिकाश हुने बताएका छन ।

नेकपा माअाेवादि केन्द्र पाेलिटव्युराे सदस्य एव प्रदेश क का निर्वाचन परिचालन कमिटीका संयाेजक ज्ञामनाथ गैरे अनिलले धेरै बर्षकाे संघर्षले मात्रै बामपंथी सरकार बन्ने भएकाले जनताका अाधारभुत अावश्यक पूरा हुनेमा बिश्ववस्त रहन जनतालाई अाग्रह गरे ।

कार्यक्रममा नेकपा माअाेवादिका चन्द्र बहादुर थापा शिखर नेकपा एमाले जिल्ला सदस्य बिना मगर वडा अध्यक्ष प्रेम गलामी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने प्रदेश सांसद चन्द्र बुढा सागरलाई जलजला बासीहरुले ५ केजिकाे माला लगाई सम्मान गरेका थिए ।

जलजलाका स्थानीयहरुले खानेपानीकाे समस्या र ग्वालीचौर हुँदै जलजला रणसिहकिटेनीसम्मको माेटरबाटाे स्तर उन्नति, शिक्षा लगायतका माग पत्र प्रदेश सांसदलाई बुझाएका थिए ।

कार्यक्रममा नेकपा एमाले वडा अध्यक्ष जगिराम काउचाकाे अध्यक्ष्ातामा वडा सदस्य केशमाया छन्त्याल हिताङकाे स्वागत संचालन जनमाेर्चा केयरसिह सिंजालीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply