थम्मन थापा सन्देश, गलकोट बागलुङ २०७४ पुष ५ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा प्रतिनिधि सभा बागलुङ क्षेत्र नं २ का नव निर्वाचित सांसद देबेन्द्र पौडेलले जनताले दिएको मतादेश राजनैतिक स्थायित्व लागि भएको बताएका छन । विगतमा सरकार फेरिएको फेरियै, मन्त्री फेरिएको फेरियै गर्ने गलत परम्पराका कारण सरकारको स्थिरता नहुॅदा मुलुकले विकासमा गति लिन नसकेको बताए ।
बुधबार बागलुङको गलकोट नगरपालिका ११ रिघा र वडा नं ८ काॅडेबासमा आयोजित विजयी सभा तथा बधाई कार्यक्रममा बोल्दै पौडेलले भने नेपालमा धेरै राजनैतिक पार्टी भएकै कारण थोरै पार्टी निर्माण गरि देशको विकास र समृद्विको निमित्त बाम गठबन्धन निर्माण सॅगै पार्टी एकता हुने बताए ।
उनले अव बन्ने बामपन्थीहरुको सरकारले ज्येष्ठ नागरिकहरुको सम्मान गर्दै वृद्व भत्ता मासिक रु ५ हजार बनाउन क्याबिनेटको पहिलो बैठकमा पहल हुने समेत बताए ।
सांसद पौडेलले वर्तमान सरकारले यो या त्यो बाहानामा बखेडा नझिकि जनमतको कदर गर्दै नयाॅ सरकार गठनको लागि मार्ग प्रसस्त गर्न समेत अपिल गरे । जनता सामु चुनावको बेला गरेका प्रतिवद्वताहरु प्रकृयागत रुपमा क्रमश अगाडि बढाउदै विकास र समृद्विमा लाग्ने समेत जोड दिएका छन ।
त्यस्तै बागलुङ क्षेत्र नं २ प्रदेश (क) बाट नव निर्वाचित सांसद चन्द्र बुढा सागरले देशमा सिमित श्रोत साधन असिमित ईच्छा आकांक्षा र आवश्यकताहरु रहेको भन्दै क्रमश अगाडि बढाउने बताएका छन । आफु यस क्षेत्रका जनताको भावना र आवश्यकताहरुलाई नजिकबाट नियालेको भन्दै विकास र समृद्विमा स्थानिय स्तरबाटै हातेमालो गर्ने बताए ।
मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न भई बाम गठबन्धनबाट विजयी बनेका पौडेल र बुढा मतदातालाई धन्यवाद दिन र भेटघाटको निमित्त त्यहाॅ पुगेका थिए । विजयी सभा तथा बधाई कार्यक्रममा बाम गठबन्धनका स्थानिय नेता कार्यकर्ता, शुभेच्छुक र स्थानियको उपस्थिति रहेको थियो । विजयी सभा तथा बधाई कार्यक्रम शुभारम्भ हुनु पुर्व बाजागाजा, नारा जुलुश सहितको र्यालीले काँडेबास बजार र रिघाका विभिन्न स्थानको परिक्रमा गरेको थियो ।