Sorry, that menu does not exist.
 

जनजागृती माविद्वारा स्थानीय स्तरमा आर्थिक संकलन अभियान प्रारम्भ

कौरव खत्री, बागलुङ २०७४ पुष ६ । बागलुङको एक विद्यालयमा हिरक जयन्ती नजिकीदै गर्दा आर्थिक संकलन अभियान शुरु गरिएको छ ।

गल्कोट नगरपालिका वडा नं. ८ काडेबासमा रहेको जनजागृति माध्यमिक विद्यालयले ६० औ बर्ष पूरा गरेको अबसरमा आँउदो माघ १० देखि १४ गते सम्म विविध खेलकुद तथा सास्कृतिक कार्यक्रम सहित हिरक जयन्ती मनाईने भएको छ।

हिरक जयन्ती नजिकीदै गर्दा मंगलबार विद्यालयमा बसेको बृहत भेलाले हिरक जयन्तीको लागि स्थानीय स्तरमा आर्थिक संकलन अभियानलाई तिव्रताका साथ सुरु गरिएको छ ।

विद्यालयले गल्कोट नगरपालिका वडा नं. ८,९ र ११ तथा गुल्मीको मुसिकोट नगरपालिका वडा नंं. ८ र ९ को सेवा क्षेत्रभित्र आर्थिक संकलन अभियानलाई तिव्रता दिने जनाइएको छ ।

हिरक जयन्तीलाई मध्यनजर गदै विद्यालयले आर्थिक उपसमिति,कार्यक्रम समन्वय समिति,साँस्कृतिक उपसमिति, जनसम्पर्क तथा प्रचार प्रसार समिति, स्मारिका प्रकाशन उपसमिति लगायत समिति गठन गरिएको विद्यालयका प्राचार्य तेजेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

मंगलबार मात्रै विद्यालयका विद्यालय व्यवस्थापन समिति,शिक्षक स्टाफ,शिक्षक अभिभावक संघ, आर्थिक उपसमिति लगायतबाट ८ लाख ५० हजार भन्दा बढि आर्थिक सहयोग जुटेको समेत विद्यालयका प्राचार्य बुढाथोकीले जानकारी दिनुभयो ।

हालसम्म स्वदेश तथा विदेशमा गरि विद्यालयको लागि झण्डै ६० लाख आर्थिक संकलन जुटेको विद्यालय श्रोतले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply