Sorry, that menu does not exist.
 

बडीगाड जलजलाका मुटु राेगी भन्छन, ‘मलाई बाचेर संसार हेर्ने ठुलो धाेका छ !’

बिमल खड्का, बागलुङ २०७४ पुस ७ । बागलुङ जिल्ला बडीगाड गाउँपालिका वडा न ४ जलजलाका एक मुटु राेगी भीम बहादुर रेश्मीले अाफु बाचेर संसार हेर्ने ठुलाेे रहर भएकाे बताएका छन ।

१७ बर्षका रेश्मी गत साउन महिनाबाट काठमाडौ स्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा राेग सगै संघर्षरत जिन्दगी बिताइरहेका छन ।
गरिब घर परिवारमा जन्मेका उनलाई यति बेला उपचारमा अार्थिक समस्या देखिएकाे छ ।

राेगी भीम बहादुरले भने घरमा भएकाे पैसा अाैषधी उपचारमा खर्च भईसक्याे अाैषधी उपचारका लागि खर्च गर्ने पैसा पनि छैन अब म कसरी बाचुँ । उनलाई अझै अस्पतालले एक बर्ष सम्म अस्पतालमा राख्नु पर्ने भनेपछि उनकाे परिवारमा झनै अार्थिक पिरलाे बढेकाे छ ।

सानै उमेरबाट मुटु राेगबाट ग्रहसित भीमबहादुर बुवा; शिव बहादुर भन्छन सानै उमेरमा छाेरालाई मुटु राेग लाग्याे भएकाे सम्पति पनि सकियाे अब छाेरालाई के ले बचाउने ? समस्या भयाे त्यसैले अार्थिक संकलन अभियानमा लागेका हाैँ उनले भने ।

जलजलामा जन्मेका भीमबहादुर अहिले मुटु राेगका कारण उनले कक्षा १० बाट पठाईलाई अगाडि बढाउन सकिरहेका छैनन् ।

उनकाे परिवारले; राेगी भीम बहादुरकाे उपचारका लागि ९८६६८०५२०८ सम्पर्क गरि अार्थिक सहयाेग गर्ने समेत अपिल गरेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply